ne_tw/bible/kt/majesty.md

3.1 KiB

उच्‍च पार्नु

परिभाषा:

शाब्दिक रूपमा, “उच्‍च पार्नु” भन्‍ने शब्दले परिचित बनाउन कोहीप्रति वा केहीप्रति ध्यान आकर्षण गराउनु हो ।

  • बाइबलमा प्रयोग गरिँदा, “उच्‍च पार्नु” भन्‍ने शब्दले प्रायः कुनै राजालाई वा परमेश्‍वरलाई नै उच्‍च पार्ने कामलाई जनाउँछ ।
  • कुनै व्यक्त्तिले आफैँलाई उच्‍च पार्छ भने, ऊ घमण्डी छ र उसले आफैँलाई महत्त्वपूर्ण देखाउन प्रयास गर्छ भन्‍ने अर्थ निस्कन्छ । दानिएल अगमवक्त्ताले अन्त्यको समयमा एउटा यस्तो राजाको वर्णन गरेका छन् जसले आफैँलाई अरू सबै भन्दा उच्‍च पार्छ ताकि मानिसहरूले उसको आरधना गरून् ।

अनुवादका लागि सुझावहरू

  • “कोही व्यक्त्ति कति महान् छ भनेर बताउनु” वा “(कसैलाई) उसको महानताको लागि प्रशंसा गर्नु” भनेर “उच्‍च पार्नु” लाई अन्य तरिकाहरूबाट अनुवाद गर्न सकिन्छ ।
  • लूकाको सुसमाचारमा, मरियमले भन्छिन्, “मेरो प्राणले परमप्रभुलाई उच्‍च पार्छ ।” यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “परमेश्‍वर कति महान हुनुहुन्छ भन्‍ने कुरा म सबैलाई बताउनेछु” वा “परमेश्‍वर धेरै महान हुनुहुन्छ र अचम्मका कामहरू गर्नुहुन्छ !”
  • यो शब्दको अर्थ “प्रशंसा गरेर उच्‍च पार्नु” सँग धेरै मिल्दो छ । “प्रशंसा गरेर उच्‍च पार्नु” र “उच्‍च पार्नु” दुबै प्रयोग भएको पदमा, सम्भव भए, यिनीहरूलाई भिन्‍न तरिकामा अनुवाद गर्न कोसिस गर्नु असल हुन्छ ।
  • उस्तै अर्थ भएको अर्को शब्द हो “महिमा दिनु ।”