ne_tw/bible/kt/lordyahweh.md

3.5 KiB

प्रभु यहोवा, यहोवा परमेश्‍वर

परिभाषा:

पुरानो नियममा यी शब्दहरू एक मात्र सत्य परमेश्‍वरलाई जनाउन धेरै पटक प्रयोग भएका छन् ।

  • “प्रभु” भन्‍ने शब्द शीर्षक हो भने, “यहोवा” चाहिँ परमेश्‍वरको व्‍यक्‍तिगत नाउँ ।
  • परमेश्‍वरको व्‍यक्‍तिगत नाउँ “यहोवा” चाहिँ प्रायः “परमेश्‍वर” भन्‍ने शब्दको साथमा एकसाथ आउने गर्दछ र यसले “यहोवा परमेश्‍वर” भन्‍ने बुझाउँछ ।

अनुवाद सुझावहरू

  • यदि तपाईंले उहाँको व्‍यक्‍तिगत नाउँको लागि “यहोवा” भन्‍ने शब्दको प्रयोग गर्नुभयो भने, तपाईंले यी शब्दहरूलाई शाब्दिक अर्थमा” “प्रभु यहोवा,” तथा “यहोवा परमेश्‍वर” भनि अनुवाद गर्न सक्‍नुहुन्छ ।
  • कतिपय भाषाहरूमा नाउँ पछि यो शीर्षकालई राख्‍ने गर्छन् र त्यसपछि “यहोवा प्रभु” भनि अनुवाद गर्छन् । त्यसैले अनुवाद गरेको भाषामा कुनचाहिँ स्वभाविक देखिन्छ, त्यसलाई ध्यान दिनुहोला । अर्थात् “प्रभु” भन्‍ने शीर्षक नाउँ “यहोवा” भन्दा अगि आउनु ठीक हो या पछि ?
  • “यहोवा परमेश्‍वर” लाई “परमेश्‍वर जो यहोवा कहलाइनुहुन्छ,” वा “परमेश्‍वर जो जीवित हुनुहुन्छ” वा “म जो परमेश्‍वर हुँ” भनि अनुवाद गर्न सम्भव होला ।
  • यदि अनुवादमा, “यहोवा” चाहिँ “प्रभु” वा अंग्रेजीमा सबै हिज्जे ठुलो लेखिएको प्रभुका रूपमा राखिएको छ भने, “प्रभु यहोवा” भन्‍नु उत्तम हुन्छ । जस्तै कि “प्रभु परमेश्‍वर,” वा “परमेश्‍वर परमप्रभु” ।
  • तर “प्रभु यहोवा” लाई चाहिँ कदापि पनि “प्रभु परमेश्‍वर” भनि अनुवाद गर्नु हुँदैन किनकि पाठकहरूले हिज्जेको फरकलाई ध्यान नदिन पनि सक्छन् तर यहि हिज्जेदद्वारा नै यी शब्दहरूमा प्रचलनदेखि नै फरक छुट्टयाउने गरिन्थ्यो ।