ne_tw/bible/kt/lordssupper.md

2.8 KiB

प्रभुभोज

परिभाषा:

“प्रभुभोज” भन्‍ने शब्दलाई प्रेरित पावलले येशूले आफूलाई यहूदी अधिकारीहरूका हातमा सुम्पिदिनुभन्दा अघिल्लो रात आफ्ना चेलाहरूसँग बसेर खानुभएको निस्तार भोजलाई सङ्केत गर्नको लागि प्रयोग गरेका थिए ।

  • यो भोजनको समयमा, येशूले निस्तारको रोटीलाई भाँच्‍नुभयो र त्यो आफ्नो शरीर भएको हुनाले त्यसलाई छिट्टै नै तोडिने तथा मारिने कुरा सङ्केत गर्नुभयो ।
  • उहाँले दाखरसको कचौरालाई आफ्नो रगतको संज्ञा दिनुभयो र आफ्नो पापको निम्ति मर्नुहुँदा छिट्टै नै त्यो बगाइने संकेत गर्नुभयो ।
  • आफ्ना चेलाहरूले एकसाथ भेला भएर प्रभुभोज खाने क्रममा, आफ्नो मृत्यु तथा बौरिउठाइलाई सम्झनुपर्ने आज्ञा येशूले दिनुभयो ।
  • कोरिन्थीहरूलाई लेखिएका आफ्नो पत्रमा, प्रेरित पावलले येशूमा भएका विश्‍वासीहरूलाई निरन्तर भेला हुँदा प्रभुभोज लिनुपर्ने कुरा उल्लेख गरेका छन् र यसलाई थप निरन्तरता दिएका छन् ।
  • हिजोआज मण्डलीहरूले “प्रभुभोज” लाई संकेत गर्नको लागि “सहभागिता” भन्‍ने शब्दलाई प्रयोग गरेको पाइन्छ । “अन्तिमभोज” भन्‍ने शब्दलाई पनि कहिलेकाहीँ प्रयोग गरिन्छ ।

अनुवाद सुझावहरू

  • यो शब्दलाई “प्रभुको भोज” वा “हाम्रो प्रभु येशूको भोज” वा “प्रभु येशूको सम्झनामा खाइने भोज” भनेर पनि अनुवाद गर्न सकिन्छ ।