ne_tw/bible/kt/lord.md

5.5 KiB

प्रभु, मालिक र गुरु

परिभाषा:

“प्रभु” भन्‍ने शब्दले अन्य मानिसहरूमाथि प्रभुत्व वा अख्तियार भएको व्‍यक्‍तिलाई पनि संकेत गर्छ ।

  • यो शब्दलाई कहिलेकाहीँ “मालिक” भनि येशूलाई सम्बोधन गर्न वा दासहरूका मालिकलाई सम्बोधन गर्न प्रयोग गरिन्छ ।
  • कतिपय अंग्रेजी संस्करणले यो शब्दलाई “गुरु” भनि आफूभन्दा माथिल्लो प्रतिष्‍ठाको व्‍यक्‍तिलाई नम्रतापूर्वक सम्बोधन गर्नका लागि प्रसंगअनुसार प्रयोग गरिएको पाइन्छ ।

अनुवाद सुझावहरू

  • यो शब्दलाई “मालिक” भनि अनुवाद गर्नुपर्छ जब दासहरूका मालिकलाई सम्बोधन गरिन्छ । त्यसरी नै आफूले जुन मालिकको अधीनतामा रहेर काम गरेको हुन्छ उसलाई उक्त दासले सम्बोधन गर्नको लागि पनि यो शब्दको प्रयोग गर्न सक्छ ।
  • जब यो शब्दले येशूलाई संकेत गर्छ, यसलाई “मालिक” भनि अनुवाद गर्न सकिन्छ, तर प्रसंगले “धार्मिक शिक्षक” लाई देखाएको हुनुपर्छ ।
  • यदि येशूलाई सम्बोधन गर्ने व्‍यक्‍तिले उहाँलाई चिनेको छैन भने, “प्रभु” भन्‍ने शब्दलाई “गुरु” भनि अनुवाद गर्न सकिन्छ । अनि यो अनुवादलाई अन्य प्रसंगमा पनि प्रयोग गर्न सकिन्छ जब कसैलाई सम्बोधन गर्दा शिष्‍टतालाई अप्‍नाइन्छ ।
  • जब परमेश्‍वर पिता वा येशूलाई संकेत गर्नको लागि यो शब्दको प्रयोग गरिन्छ, तब “प्रभु” अर्थात् अंग्रेजीको हिज्जेमा पहिलो अक्षरलाई ठुलो लेखिन्छ ।

बाइबलीय घटनाहरूबाट उदाहरणहरूः

  • तर येशूले शैतानलाई धर्मशास्‍त्रको खण्डबाट उत्तर दिनुभयो । वहाँ भन्‍नु भयो, “परमेश्‍वरको वचनमा वहाँले यस्तो भनि आज्ञा दिनुभएको छ, ‘तिमीहरूले परमप्रभु आफ्ना परमेश्‍वरको परिक्षा नगर्नु । ‘”
  • येशूले जवाफ दिनुभयो, “शैतान, म बाट टाढा गइहाल ! परमेश्‍वरको वचनमा वहाँले यस्तो आज्ञा दिनुभएको छ, ‘परमप्रभु आफ्ना परमेश्‍वरको मात्र आराधना गर्नु र वहाँको मात्र सेवा गर्नु । ‘”
  • यो परमप्रभुको अनुग्रहको समय हो ।
  • कानूनमा दक्ष त्यस व्‍यक्‍तिले परमेश्‍वरको व्यवस्थाले यस्तो भन्छ भनेर उत्तर दियो, “तिमीहरूले परमप्रभु आफ्ना परमेश्‍वरलाई सारा हृदय, प्राण, शक्ति र समझले प्रेम गर ।”
  • त्यसपछि पत्रुसले येशूलाई भने, “प्रभु, यदि तपाईं नै हुनुहुन्छ भने, मलाई पनि तपाईंसंगै पानी मति आउने आज्ञा दिनुहोस्”
  • “निश्‍चय नै यो जान, कि परमेश्‍वरले येशूलाई प्रभु र मसीह हुन लगाउनुभयो !”
  • यस शैतानद्वारा त्यसले मानिसहरूको भविष्य बताई, र त्यसले आफ्ना गुरूहरूका लागि भविष्य बताएर धेरै रुपियाँ-पैसा कमाई ।
  • पावलले जवाफ दिए, “येशूमा विश्‍वास गर, जो प्रभु हुनुहुन्छ, र तिमी र तिम्रो सारा परिवार बाँच्‍नेछ ।”