ne_tw/bible/kt/life.md

7.2 KiB

जीवन, जिउनु, बाँच्‍नु, जीवित

परिभाषा:

यी सबै शब्दहरूले मरेका नभई जीवित भएको कुरालाई बुझाउँछ । यी शब्दहरूलाई आत्मिक रूपले जीवित भएको कुरालाई बुझाउनको लागि पनि प्रयोग गरिन्छ । निम्‍नलिखित छलफलले “भौतिक जीवन” तथा “आत्मिक जीवन” भनेको के हो भन्‍ने चर्चा गरेको छ । १. भौतिक जीवन

  • भौतिक जीवन भनेको शरीरमा आत्माको उपस्थिति हो । परमेश्‍वरले आदमको शरीरमा जीवनको श्‍वास हाली दिनुभयो, र उनी जीवित प्राणी भए ।
  • “जीवन” ले एउटा व्‍यक्‍तिलाईपनि जनाउन सक्छ, जस्तै, “एउटा जीवन बचाइयो” ।
  • कहिलेकाहीँ “जीवन” ले जीवनको अनुभवलाई जनाउँछ, जस्तै, उसको “जीवन सुखद थियो” ।
  • यसले कुनै व्‍यक्‍तिको जीवनको अवधिलाई पनि संकेत गर्न सक्छ जस्तै, “उसको जीवनको अन्तमा” ।
  • “बाँच्‍नु” भन्‍ने शब्दले शारीरिक रूपमा जीवित भना पनि जनाउन सक्छ, जस्तै कि, “मेरी आमा जीवितै छिन्” । यसले कतै बसोबासको स्थानलाई पनि जनाउँछ, जस्तै कि, “तिनीहरू यस सहरमा जिउने गर्थे” ।
  • बाइबलमा “जीवन” को अवधारणा धेरै पटक “मृत्यु” को अवधारणासंग बाजिन्छ ।

२. आत्मिक जीवन

  • कुनै मानिसले येशूमा विश्‍वास गरे पश्‍चात उसले आत्मिक जीवन प्राप्‍त गर्छ र परमेश्‍वरले उसलाई पवित्र आत्मा बास गर्नुहुने परिवर्तित जीवन दिनुहुन्छ ।
  • यस जीवनलाई “अनन्त जीवन” भनिन्छ र यो कहिल्यै अन्त्य हुँदैन ।
  • आत्मिक जीवनको विपरित हो आत्मिक मृत्य, जसको अर्थ परमेश्‍वरबाट टाढा हुनु र अनन्त दण्डको भागेदार हुनु हो ।

अनुवाद सुझावहरू

  • प्रसङ्गअनुसार, “जीवन” लाई “अस्तित्व” वा “व्‍यक्‍ति” वा “प्राण” वा “रहनु,” वा “अनुभव” भनि अनुवाद गर्न सकिन्छ ।
  • “जीउनु” भन्‍ने शब्दलाई “रहनु”, “हुनु” वा “अस्तित्व” भनि अनुवाद पनि गर्न सकिन्छ ।
  • “उसको जीवनको अन्तिम समयमा” भन्‍ने वाक्यांशलाई “जब ऊ जिउन,” छोड्छ भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • “उनीहरूका जीवनलाई छोडिदेऊ” भन्‍ने भनाइलाई “उनीहरूलाई बाँच्‍न देऊ,” वा “उनीहरूलाई नमार” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • “उनीहरूले आफ्नो जीवन जोखिममा पारे,” भन्‍ने भनाइलाई “उनीहरूले आफैँलाई खतरामा हाले,” वा “उनीहरूले यस्तो काम गरेकी उनीहरू त्यसमा मर्न पनि सक्दथे,” भनि अनुवाद गर्न सकिन्छ ।
  • बाइबलका खण्डहरूले आत्मिक रूपमा जीवित हुने विषयमा बोल्दा, “जीवन” लाई प्रसङ्ग अनुसार “आत्मिक जीवन” वा “अनन्त जीवन” भनेर अनुवाद गर्न सकिन्छ ।
  • “आत्मिक जीवन” को अवधारणालाई “परमेश्‍वरले हामीलाई हाम्रो आत्मामा जीवित पार्नुहुन्छ” वा “परमेश्‍वरको आत्माद्वारा नयाँ जीवन” वा “हाम्रो अन्तस्करणमा जीवित पारिएको” भनेर अनुवाद गर्न सकिन्छ ।

बाइबलीय घटनाहरूबाट उदाहरणहरू

  • यसैले परमेश्‍वर माटो लिनुभयो, त्यसबाट मानिस बनाउनुभयो, र त्यसमा जीवन हाली दिनुभयो ।
  • धेरै समय पछी, धेरै मानिसहरू संसारमा जिउन थाले ।
  • जब योसेफका दाजुहरू घर फर्के र तिनीहरूका पिता याकूबलाई योसेफ जीवितै छ भने, तब उनी धेरै खुशी भए ।
  • तथापी, उनको (दाऊदको) जीवनको अन्तमा उनले परमेश्‍वरको अगाडि घोर पाप गरे ।
  • एक दिन यहूदी कानूनमा दक्ष एक जनाले येशूको परीक्षा गर्न चाहेर भने, “गुरु ज्यू, मैले अनन्त जीवन प्राप्‍त गर्न के गर्नुपर्छ ?”
  • येशूले उत्तर दिनुभयो, “म नै पुनरुत्थान र जीवन हुँ ।”
  • “तिमीहरू नै जसले येशूलाई मर्न भनेर रोमी न्यायाधीशलाई भन्यौ । तिमीहरूले जीवनका कर्तालाई मार्यौ, तर परमेश्‍वरले वहाँलाई मृतकहरूबाट उठाउनुभयो ।”