ne_tw/bible/kt/lawofmoses.md

7.9 KiB

व्यवस्था, मोशाको व्यवस्था, परमेश्‍वरको व्यवस्था, यहोवाको व्यवस्था

परिभाषा:

यी सबै शब्दहरूले परमेश्‍वरले मोशाद्वारा इस्राएलीहरू आज्ञाकारी रहनको लागि दिनुभएका आज्ञाहरू तथा निर्देशनहरूलाई सङ्केत गर्दछ । “व्यवस्था” तथा “परमेश्‍वरको व्यवस्था,” ले ती सबै कुराहरूलाई बुझाउँछन् जुन परमेश्‍वरका जनहरूले मानून् भनि उहाँले सामान्यतौरमा अह्रयाउनुभयो ।

  • प्रसङ्गअनुसार, “व्यवस्था” ले निम्‍न कुराहरूलाई बुझाउँछन्ः
  • इस्राएलीहरूका लागि परमेश्‍वरले ढुङ्गाको पाटीमा लेखिदिनुभएका दश आज्ञाहरू,
  • मोशालाई दिइएका सबै आज्ञाहरू,
  • पुरानो नियमको पहिलो पाँच पुस्तक,
  • सम्पूर्ण पुरानो नियम (नयाँ नियममा यसलाई “धर्मशास्‍त्र” भनि सङ्केत गरिएको छ),
  • परमेश्‍वरका सम्पूर्ण निर्देशनहरू तथा इच्छा,
  • “व्यवस्था तथा अगमवक्ताहरू,” भन्‍ने वाक्यांशलाई नयाँ नियममा हिब्रू शास्‍त्र (अर्थात् “पुरानो नियम” ) लाई सङ्केत गर्न प्रयोग गरिएको छ ।

अनुवाद सुझावहरू

  • यी शब्दहरूलाई “व्यवस्थाहरू” भनि अनुवाद गर्न सकिन्छ किनकि तिनीहरूले थुप्रै निर्देशनहरूलाई सङ्केत गर्छन् ।
  • “मोशाको व्यवस्था” लाई “परमेश्‍वरले इस्राएलीहरूलाई दिनुभएका व्यवस्थाहरू,” भनि अनुवाद गर्न सकिन्छ ।
  • प्रसङ्गअनुसार, “मोशाको व्यवस्था” लाई “परमेश्‍वरले मोशालाई दिनुभएको व्यवस्था,” वा “मोशाले लेखेका परमेश्‍वरको व्यवस्था,” वा “इस्राएलीहरूलाई दिनु भनि परमेश्‍वरले दिनुभएका व्यवस्थाहरू” भनि अनुवाद गर्न सकिन्छ ।
  • “व्यवस्था,” वा “परमेश्‍वरको व्यवस्था,” वा “परमेश्‍वरका व्यवस्थाहरू,” लाई अनुवाद गर्ने क्रममा, “परमेश्‍वरबाट दिइएको व्यवस्था,” वा “परमेश्‍वरका आज्ञाहरू,” वा “परमेश्‍वरले दिनुभएका व्यवस्थाहरू,” वा “परमेश्‍वरले दिनुभएका सम्पूर्ण आज्ञाहरू,” वा “परमेश्‍वरका सम्पूर्ण निर्देशनहरू,” आदि पनि समावेश गर्न सकिन्छ ।
  • “यहोवाको व्यवस्था,” भन्‍ने वाक्यांशलाई “यहोवाका व्यवस्थाहरू,” वा “आज्ञाकारी रहनु भनि यहोवाले दिनुभएका व्यवस्थाहरू,” वा “यहोवाबाट दिइएका व्यवस्थाहरू,” वा “यहोवाले आज्ञा दिनुभएका कुराहरू,” भनि अनुवाद गर्न सकिन्छ ।

बाइबलीय घटनाहरूबाट उदाहरणहरू

  • परमेश्‍वरले पालन गर्नलाई अरू धेरै व्यवस्थाहरू र नियमहरू दिनुभयो । मानिसहरूले यी व्यवस्थाहरू पालन गरेमा, परमेश्‍वरले तिनीहरूलाई आशिष दिनुहुनेछ र बचाउनुहुनेछ भनि प्रतिज्ञा गर्नुभयो । तिनीहरू त्यो पालन नगरे, परमेश्‍वरले तिनीहरूलाई दण्ड दिनुहुने थियो ।
  • परमेश्‍वरको व्यवस्थालाई पालन नगर्नेले भेट हुने पालको अगाडिको वेदीमा परमेश्‍वरको निम्ति एउटा पशुको बलिदान ल्याओस् ।
  • परमेश्‍वरले सिनै पर्वतमा इस्राएलीहरूलाई गर्नुभएको प्रतिज्ञालाई मानिसहरूले पालन गर्नै पर्छ भनि यहोशूले मानिसहरूलाई सम्झना दिलाए । मानिसहरूले परमेश्‍वरको अगाडि विश्‍वासयोग्य रहने र वहाँका व्यवस्थाहरू पालन गर्ने भाकल गरे ।
  • यहोशूको मृत्युपछि, इस्राएलीहरू परमेश्‍वरप्रति अनाज्ञाकारी भए र बाँकी कनानीहरूलाई बाहिर निकालेनन् वा परमेश्‍वरको व्यवस्थाहरू पालन गरेनन् ।
  • परमेश्‍वरको प्रतिज्ञा अनुसार, वहाँले मानिसहरूका हृदयमा आफ्नो व्यवस्था हाली दिनुहुनेथियो, मानिसहरूले परमेश्‍वरलाई व्‍यक्‍तिगत रूपमा चिन्‍ने थिए, तिनीहरू वहाँका मानिसहरू हुनेथिए, र परमेश्‍वरले तिनीहरूका पापहरू क्षमा गर्नु हुनेथियो ।
  • येशूले उत्तर दिनुभयो, “परमेश्‍वरको व्यवस्थामा के लेखिएको छ ?”
  • येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू मलाई किन ‘असल’ छु भनि भन्छौ ?” एक जना मात्र असल हुनुहुन्छ र वहाँ परमेश्‍वर हुनुहुन्छ । तर यदि तिमीहरू अनन्त जीवन प्राप्‍त गर्न चाहन्छौ भने, परमेश्‍वरका व्यवस्थाहरू मान ।