ne_tw/bible/kt/lastday.md

1.6 KiB

अन्तिम दिन, अन्त्यका दिनहरू, पछिल्ला दिनहरू

परिभाषा:

“अन्तिम दिनहरू,” वा “पछिल्ला दिनहरू,” ले सामान्यतौरमा येशू ख्रीष्‍टको फर्काइसम्मको समयावधिलाई सङ्केत गर्दछ ।

  • यो समयावधि भनेको अथाह समयावधि हो ।
  • “अन्तिम दिन” भनेको अन्त्यको समयमा हुने पुनरुत्थान तथा न्यायको दिन हो ।
  • “अन्तिम दिनमा,” आफ्ना चेलाहरूलाई जीवित पार्ने प्रतिज्ञा येशूले उनीहरूसँग गर्नुभयो ।

अनुवाद सुझावहरू

  • “अन्तिम दिनहरू,” भन्‍ने शब्दलाई “पछिल्लो समयावधि,” वा “अन्त्यका दिनहरू,” वा “समयको समाप्‍ति,” भनि अनुवाद गर्न सकिन्छ ।
  • “अन्तिम दिन” लाई अनुवाद गर्ने क्रममा, “पृथ्वीमा हुने अन्तिम समय,” वा “समयको समाप्‍ति” वा “अन्तिम समयावधि,” भनि अनुवाद पनि गर्न सकिन्छ ।