ne_tw/bible/kt/lamb.md

6.5 KiB

थुमा, परमेश्‍वरका थुमा

परिभाषा:

“थुमा” भन्‍ने शब्दले भेडाको पाठोलाई बुझाउँछ । भेडाहरू भनेका चार खुट्टे प्रशस्त भुत्ला भएका पशुहरू हुन् र परमेश्‍वरको निम्ति बलिदान चढाउनको लागि ती प्रयोग गरिन्छन् । अनि मानिसहरूका पापहरूका ज्याला तिर्नको लागि येशू बलिदान हुनुभएको हुनाले उहाँलाई “परमेश्‍वरका थुमा” भनेर पनि चिनिन्छ ।

  • यी पशुहरूलाई सजिलैसँग पतनतिर डोर्याउन सकिने हुनाले तिनीहरूलाई सुरक्षा प्रदान गर्नुपर्छ । परमेश्‍वरले मानिस जातिलाई भेडाहरूसँग तुलना गर्नुहुन्छ ।
  • परमेश्‍वरले आफ्ना मानिसहरूलाई शारीरिक रूपले कुनै पनि खोट वा खतविनाको सिद्ध भेडाहरू बलिदान गर्न निर्देशन दिनुभयो ।
  • येशूलाई “परमेश्‍वरको थुमा” भनियो किनकि उहाँले मानिसहरूका पापको ज्याला तिर्नको लागि आफैँलाई बलिदानको रूपमा चढाउनुभयो । उहाँ सिद्ध, निष्खोट बलिदान हुनुहुन्थ्यो किनकि उहाँ पापरहित सिद्ध हुनुहुन्थ्यो ।

अनुवाद सुझावहरू

  • यदि कार्यरत भाषामा भेडाहरू परिचित छन् भने, तिनीहरूका बच्‍चाको निम्ति प्रयोग गरिने नाउँलाई नै “थुमा” तथा “परमेश्‍वरको थुमा” भन्‍ने शब्द अनुवादको निम्ति पनि प्रयोग गरिनुपर्छ ।
  • “परमेश्‍वरको थुमा” लाई “परमेश्‍वरको (बलिदानको निम्ति) थुमा,” वा “परमेश्‍वरलाई बलि दिइएको थुमा,” वा “परमेश्‍वरबाट (बलिदानको निम्ति) थुमा,” भनि अनुवाद गर्न सकिन्छ ।
  • यदि भेडाहरू भन्‍ने शब्द परिचित छैनन् भने “भेडाको वच्‍चा” भनेर अनुवाद गर्न सकिन्छ र भेडालाई वर्णन गर्दै एउटा पादटिप्पणी राख्‍न सकिन्छ । यस टिप्पणीले भेडा र थुमालाई यस्तै बगालमा बस्‍ने, कमजोर, बचाऊ गर्न नसक्‍ने र सजिलै बरालिने पशुसंग तुलना गर्न सक्छ ।
  • नजिकको स्थानीय वा राष्‍ट्रिय भाषाको बाइबलमा यो शब्द कसरी अनुवाद गरिएको छ त्यो पनि हेर्नुहोस् ।

बाइबलीय घटनाहरूबाट उदाहरणहरू

  • जब अब्राहाम र इसाहक बलिदान दिने स्थानमा पुगे, इसाहकले सोधे, “बुबा, हामीसंग बलिदानको निम्ति दाउरा त छ, तर थुमा कहाँ छ त ?”
  • परमेश्‍वरमा विश्‍वास गर्नेहरूको जेष्‍ठ सन्तानलाई बचाउने उपाय वहाँले दिनुभयो । हरेक परिवारले एउटा उत्कृष्‍ट थुमा वा बाख्रालाई मार्नुपर्थ्यो ।
  • अर्को दिन, येशू, यूहन्‍ना कहाँ बप्‍तिस्मा लिन आउनुभयो । जब यूहन्‍नाले वहाँलाई देखे, उनले भने, “हेर, परमेश्‍वरका थुमा जसले यस संसारको पापको अन्त्य गर्नुहुन्छ ।”
  • यसरी पढियो, “वहाँलाई मार्नको निम्ति तयार थुमा झैँ लगियो, र जसरी एउटा थुमा चुपचाप हुन्छ, वहाँले पनि कुनै शब्द बोल्नुभएन ।”
  • जब परमेश्‍वरले अब्राहामलाई आफ्नो छोरा इसाहकलाई बलिदान गर्न भन्‍नुभयो, परमेश्‍वरले उनको छोरोको सट्टामा एउटा थुमा प्रदान गर्नुभयो । हामी सबै हाम्रो पापको निम्ति मर्न लायकका छौँ ! तर परमेश्‍वरले येशू, परमेश्‍वरका थुमा, हाम्रो सट्टामा मर्न बलिदानको रूपमा हामीलाई दिनुभयो ।
  • जब परमेश्‍वरले मिश्रमा अन्तिम विपत्ति पठाउनुभयो, वहाँले सबै इस्राएली परिवारहरूलाई एउटा उत्कृष्‍ट थुमालाई मारेर आ-आफ्ना ढोकाहरूको माथि र छेऊमा त्यसको रगत छर्कन भन्‍नुभयो ।