ne_tw/bible/kt/kingofthejews.md

3.6 KiB

यहूदीहरूका राजा

परिभाषा:

“यहूदीहरूका राजा” भन्‍ने शब्द उपाधि हो र त्यसले येशू तथा मसीहलाई सङ्केत गर्दछ ।

  • “यहूदीहरूका राजा” भएर जन्मनुभएको शिशुलाई बेथलेहेममा खोजी गर्दै गएका ज्ञानी मानिसहरूले पहिलोपटक यो शब्दलाई प्रयोग गरेको अभिलेख बाइबलले देखाउँछ ।
  • स्वर्गदूतले मरियमलाई तिनीबाट जन्मिने राजा दाऊदको सन्तान नै राजा हुने र उनको शासन सदासर्वदा रहने कुरा प्रकट गरिदिनुभयो ।
  • येशू ख्रीष्‍ट क्रुसमा टाँगिनुभन्दा पहिले, रोमी सेनाहरूले येशूलाई गिल्ला गर्दै “यहूदीहरूका राजा” भनी भनेका थिए । यो उपाधिलाई काठको एउटा पातामा लेखेर येशूलाई झुण्ड्याइएको क्रुसमाथि पनि टाँगिएको थियो ।
  • येशू साँच्‍चिनै यहूदीहरूका राजा तथा सबै सृष्‍टिमाथिको प्रभु हुनुहुन्छ ।

अनुवाद सुझाव

  • “यहूदीहरूका राजा” भन्‍ने शब्दलाई “यहूदीहरूमाथि शासन गर्ने राजा” वा “यहूदीहरू माथिका शासनकर्ता “वा “यहूदीहरू माथिका सर्वोच्‍च शासनकर्ता,” भनेर पनि भनिन्छ ।

“का राजा” भन्‍ने वाक्यांशलाई अन्यत्र कसरी अनुवाद गरिएको छ, त्यो पनि हेर्नुहोस् । बाइबलका घटनाहरूबाट उदाहरणहरू

  • केही समयपछि, टाढा पूर्वको देशबाट आएका ज्ञानी मानिसहरूले एउटा अनौठो तारा आकाशमा देखे । उनीहरूले यो जाने कि यहूदीहरूका राजाको जन्म भएको छ ।
  • पिलातसले येशूलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ ?”
  • रोमी सेनाहरूले येशूलाई कोर्रा लगाए र वहाँलाई एउटा राजकीय पोशाक र काँडाको मुकुट लगाइदिए । र तिनीहरूले यसो भनेर वहाँको खिल्ली उडाए, “हेर, यहूदीहरूका राजा ।”
  • पिलातसले “यहूदीहरूका राजा” भन्‍ने चिन्ह लेखी क्रुसमा येशूको शीर माथि राख्‍न आज्ञा दिए ।