7.2 KiB
7.2 KiB
परमेश्वरको राज्य, स्वर्गको राज्य
परिभाषा:
यी शब्दहरूले आफ्नो सृष्टि तथा आफ्ना मानिसहरूमाथि रहेको परमेश्वरको अख्तियार तथा शासनलाई सङ्केत गर्दछन् ।
- परमेश्वरको नाम लिन नपरोस् भनेर यहूदीहरूले धेरै जसो “स्वर्ग” भन्ने शब्द परमेश्वरलाई जनाउन प्रयोग गर्छन् ।
- मत्तीले लेखेका नयाँ नियमको पुस्तकमा, “परमेश्वरको राज्य” लाई सङ्केत गर्नको लागि, “स्वर्गको राज्य” भन्ने अभिव्यक्तिको प्रयोग भएको छ किनभने उनले यो मूलतः यहूदीहरूका निम्ति लेखेका थिए ।
- परमेश्वरको राज्यले आत्मिक रूपमा मानिसहरूमाथि र भौतिक संसार माथि परमेश्वरको शासनलाई सङ्केत गर्छ ।
- पुरानो नियमका अगमवक्ताहरूले धार्मिकतामा शासन गर्ने र आफ्ना शत्रुहरूमाथि विजय हुने मसीहलाई पठाएर परमेश्वरले आफ्नो राज्यको स्थापना गर्नुहुनेछ भन्ने अगमवाणी गरेका थिए । येशू, परमेश्वरका पुत्र नै मसीह हुनुहुन्छ र उहाँले परमेश्वरको राज्यमाथि अनन्तसम्म शासन गर्नुहुनेछ ।
अनुवाद सुझावहरू
- प्रसङ्ग अनुसार, “परमेश्वरको राज्य” लाई “परमेश्वरको शासन (राजा झैँ)” वा “जब परमेश्वरले राजा झैँ शासन गर्नुहुन्छ” वा “सबैकुरा माथि परमेश्वरको शासन” भनेर अनुवाद गर्न सकिन्छ ।
- “स्वर्गको राज्य” लाई “राजा झैँ स्वर्गबाट परमेश्वरको शासन” वा “शासन गर्नुहुने स्वर्गीय परमेश्वर” वा “स्वर्गको राज्य” वा “सबैकुरा माथि स्वर्गको शासन” भनेर अनुवाद गर्न सकिन्छ । यदि यति सजिलै र स्पष्टसंग अनुवाद गर्न सकिएन भने, “परमेश्वरको राज्य” भनेर अनुवाद गर्न सकिन्छ ।
- केही अनुवादहरूले परमेश्वरलाई जनाउनको निम्ति अंग्रेजीको स्वर्ग भन्ने शब्दको अगाडिको अक्षरलाई ठुलो पनि लेख्छन् । अरूले यस्तो खण्डमा यस्तो नोट राख्न सक्छन्, “स्वर्गको (‘परमेश्वरको’) राज्य ।”
- यस्तो वाक्यमा स्वर्गको अर्थलाई व्याख्या गर्नको निम्ति मुद्रित बाइबलको पानाको तल्लो भागमा पादटिप्पणीको प्रयोग सकिन्छ ।
बाइबलका घटनाहरूबाट उदाहरणहरू
- उनले (यूहन्ना) तिनीहरूलाई यसरी प्रचार गरे, “पश्चात्ताप गर किनकि परमेश्वरको राज्य नजिकै छ ।”
- अनि येशूले चेलाहरूलाई जवाफ दिनुभयो, “धनी मानिसलाई परमेश्वरको राज्यमा प्रवेश गर्नु धेरै कठिन छ ! एउटा धनी मानिसलाई परमेश्वरको राज्यमा प्रवेश गर्नु भन्दा त एउटा ऊँठलाई सियोको प्वालमा छिर्न सजिलो हुन्छ ।”
- “परमेश्वरको राज्य त्यो राजा जस्तो हो जसले आफ्ना नोकरहरूसंग हिसाबको छिनोफानो गर्न चाहे ।”
- येशूले “परमेश्वरको राज्य” को बारेमा धेरै अरू कथाहरू भन्नुभयो । उदाहरणको लागि, वहाँले भन्नु भयो, “परमेश्वरको राज्य जमिनमा छरिएको रायोको दानो जस्तै हो ।”
- येशूले अर्को कथा भन्नुभयो, “परमेश्वरको राज्य रोटी मुछ्दा पूरै रोटीभरि नभएसम्म एउटा स्त्रीले मिसाउने खमिर जस्तै हो ।”
- “परमेश्वरको राज्य कसैले आफ्नो जमिनमा लुकाएको धन जस्तै हो । अर्को मान्छेले त्यो पायो तर त्यसले पनि फेरि गाड्यो ।”
- “परमेश्वरको राज्य बहुमूल्य मोती जस्तै हो ।”
- वहाँले धेरै तरिकाद्वारा आफू जीवित हुनुहुन्छ भनि आफ्ना चेलाहरूलाई प्रमाणित गर्नुभयो, र वहाँले परमेश्वरको राज्यको विषयमा सिकाउनुभयो ।
- येशू यस संसारमा हुनुहुँदा वहाँले भन्नुभयो, “मेरा चेलाहरूले संसारको हरेक मानिसहरूलाई परमेश्वरको राज्यको विषयमा सुसमाचार सुनाउनेछन्, र त्यसपछि अन्त्य आउने छ ।”