ne_tw/bible/kt/justice.md

4.9 KiB

न्यायी, न्याय, न्यायपूर्वक

परिभाषा:

यी शब्दहरूले परमेश्‍वरको व्यवस्थामुताबिक मानिसहरूलाई उचित तवरले गर्ने व्यवहारलाई जनाउँछन् । अरू मानिसहरूप्रति गरिने सही व्यवहारबारे परमेश्‍वरको मापदण्डको प्रतिबिम्बित गर्ने मानवीय नियमहरू पनि न्यायी नै हुन्छन् ।

  • “न्यायी” हुनु भनेको अरूहरूप्रति निष्पक्ष र सही तवरले कार्य गर्नु हो । परमेश्‍वरको दृष्‍टिमा नैतिक रूपमा जे ठिक छ, त्यसलाई अभ्यास गर्ने इमान्दारी र सत्यनिष्‍ठालाई पनि यसले अङ्कित गर्छ ।
  • “न्यायपूर्वक” कार्य गर्नुको अर्थ हुन्छ‒ मानिसहरूसित परमेश्‍वरको व्यवस्थाअनुसार ठिक, असल र उचित तवरले व्यवहार गर्नु ।
  • “न्याय” प्राप्‍त गर्नुको अर्थ हुन्छ‒ कि व्यवस्था तोडेकोले दण्ड प्राप्‍त गर्नु वा कि नतोडेकोले व्यवस्थाद्वारा नै जोगिनु ।
  • कहिले काहीँ “न्यायी” शब्दको फराकिलो अर्थ हुन्छ जसमा यसको अर्थ “धर्मी” वा “परमेश्‍वरको व्यवस्थालाई मान्‍नु” भन्‍ने हुन्छ ।

अनुवादका लागि सुझावहरूः

  • सन्दर्भमा आधारित रहेर “न्यायी” शब्दलाई “नैतिक रूपमा ठिक” वा “निष्पक्ष” भनी अनुवाद गर्न सकिन्छ ।
  • शब्द “न्याय” लाई “निष्पक्ष व्यवहार” वा “उचित नतिजा” भनी अनुवाद गर्न सकिन्छ ।
  • “न्यायपूर्वक कार्य गर्नु” लाई “निष्पक्ष रूपमा व्यवहार गर्नु” वा “ठिक किसिमले व्यवहार गर्नु” भनी अनुवाद गर्न सकिन्छ ।
  • केही सन्दर्भहरूमा “न्यायी” लाई “धर्मी” वा “सोझो” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः न्याय गर्नु, न्याय, धर्मी, धार्मिकता, सोझो, सोझोपन)

बाइबलका सन्दर्भहरूः

  • १ कोरिन्थी १८:१४-१७
  • प्रेरित २८:३-४
  • यशैया ०४:३-६
  • यर्मिया २२:१-३
  • लूका १८:३-५
  • लूका २१:२०-२२
  • लूका २३:३९-४१
  • मत्ती २३:२३-२४
  • मीका ०३:८
  • प्रकाश १५:३-४

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • (१७-०९) दाऊदले धेरै वर्षसम्म न्याय र धार्मिकताले शासन गरे अनि परमेश्‍वरले तिनलाई आशिष् दिनुभयो ।
  • (१८-१३) (यहूदाका) यी केही राजाहरू असल मानिसहरू थिए जसले न्यायपूर्वक शासन गरे र परमेश्‍वरको आराधना गरे ।
  • (१९-१६) मूर्तिहरूको पूजा गर्न छाडी अरूहरूप्रति न्याय र कृपा देखाउन तिनीहरू (अगमवक्‍ताहरू) सबैले मानिसहरूलाई आव्हान गरे ।
  • (५०-१७) येशूले शान्ति र न्यायले आफ्नो राज्य चलाउनुहुनेछ र उहाँ सदासर्वदा आफ्ना मानिसहरूसित रहनुहुनेछ ।