ne_tw/bible/kt/judgmentday.md

2.3 KiB

न्यायको दिन

परिभाषा:

पदावली “न्यायको दिन” ले भविष्यको एउटा समयलाई उल्लेख गर्छ जुन बेला परमेश्‍वरले हरेक व्यक्‍तिको न्याय गर्नुहुनेछ ।

  • परमेश्‍वरले आफ्ना पुत्र येशू ख्रीष्‍टलाई सबै मानिसहरूको न्यायकर्ता तुल्याउनुभएको छ ।
  • न्यायको दिनमा आफ्नो धार्मिक चरित्रको आधारमा ख्रीष्‍टले मानिसहरूको न्याय गर्नुहुनेछ ।

अनुवादका लागि सुझावहरूः

  • यस पदावलीले एक दिनभन्दा लामो समयलाई जनाउन सक्‍ने भएकोले यसलाई “न्यायको समय” भनी अनुवाद गर्न सकिन्छ ।
  • यसलाई “परमेश्‍वरले सबै मानिसहरूको न्याय गर्नुहुने अन्तिम समय” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • यो विशेष दिन वा समयको नाउँ हो भनी देखाउन केही अनुवादकहरूले सुरुका अक्षरहरूलाई ठुलो अक्षरमा लेख्‍ने गर्छन् (नोटः नेपाली भाषामा यो सम्भव छैन । )

(हेर्नुहोस्ः न्याय गर्नु, न्याय, येशू, येशू ख्रीष्‍ट, ख्रीष्‍ट येशू, स्वर्ग, आकाश, आकाशहरू, स्वर्गीय, नरक, अग्‍नि-कुण्ड)

बाइबलका सन्दर्भहरूः

  • लूका १०:१०-१२
  • लूका ११:३१
  • लूका ११:३२
  • मत्ती १०:१४-१५
  • मत्ती १२:३६-३७