ne_tw/bible/kt/judge.md

6.2 KiB

न्याय गर्नु, न्याय

परिभाषा:

शब्दहरू “न्याय गर्नु” र “न्याय” ले अक्सर कुनै कुरो नैतिक रूपमा ठिक वा बेठिक के छ भनी गरिने निर्णयलाई उल्लेख गर्छ ।

  • “परमेश्‍वरको न्याय” ले अक्सर कुनै व्यक्‍ति वा वस्तुलाई पापिष्‍ठको रूपमा दण्डाज्ञा दिने उहाँको निर्णयलाई जनाउँछ ।
  • परमेश्‍वरको न्यायमा साधारणतया मानिसहरूका पापका लागि तिनीहरूलाई दिइने दण्ड समावेश हुन्छ ।
  • क्रियापद “न्याय गर्नु” को अर्थ “दण्डाज्ञा दिनु” पनि हुन सक्छ । परमेश्‍वरका जनहरूले यस्तो किसिमले एक अर्काको न्याय गर्नुहुन्‍न भनी उहाँ तिनीहरूलाई निर्देशन दिनुहुन्छ ।
  • दुई जना व्यक्‍तिबिच भएको विवादमा कुनचाहिँ ठिक छ भनी निधो गर्नुलाई “मध्यस्तता गर्नु” भनिन्छ ।
  • केही सन्दर्भहरूमा परमेश्‍वरका “न्यायहरू” उहाँले ठिक छन् भनी निधो गर्नुभएका कुराहरू हुन्छन् । ती उहाँका आदेश, व्यवस्था र आज्ञाहरूसित समान हुन्छन् ।
  • “न्याय” शब्दले बुद्धिमान् तवरले निर्णय गर्ने क्षमतालाई पनि जनाउन सक्छ । “न्याय” को कमी हुने व्यक्‍तिसित बुद्धिमान् निर्णयहरू गर्ने बुद्धि हुँदैन ।

अनुवादका लागि सुझावहरूः

  • सन्दर्भमा आधारित रहेर “न्याय गर्नु” लाई “निर्णय गर्नु” वा “दण्डाज्ञा दिनु” वा “दण्ड दिनु” वा “आदेश दिनु” भनी अनुवाद गर्न सकिन्छ ।
  • शब्द “न्याय” लाई “दण्ड” वा “निर्णय” वा “फैसला” वा “आदेश” वा “दण्डाज्ञा” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः आदेश, न्याय गर्नु, न्याय, न्यायपूर्वक, व्यवस्था, सिद्धान्त, व्यवस्था, मोशाको व्यवस्था, परमेश्‍वरको व्यवस्था, यहोवेको व्यवस्था)

बाइबलका सन्दर्भहरूः

  • १ यूहन्‍ना ०४:१७-१८
  • १ राजा ०३:७-९
  • प्रेरित ०७:२६-२८
  • प्रेरित १०:४२-४३
  • यशैया ०३:१३-१५
  • याकूब ०२:१-४
  • लूका ०६:३७
  • मीका ०३:९-११
  • भजनसंग्रह ५४:१-३

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • (१९-१६) मानिसहरूले दुष्‍ट काम गर्न छाडेर परमेश्‍वरको आज्ञा नमानेको खण्डमा परमेश्‍वरले तिनीहरूलाई दोषी ठहराई दण्डको लागि तिनीहरूको न्याय गर्नुहुने थियो भनी अगमवक्‍ताहरूले चेताउनी दिए ।
  • (२१-०८) राजा भनेको राज्यमाथि शासन गर्ने र मानिसहरूको न्याय गर्ने व्यक्‍ति हो । मसीह सिद्ध राजा हुनुहुने थियो, जो उहाँका पुर्खा दाऊदको सिंहासनमा बस्‍नुहुने थियो । उहाँले सारा संसारमाथि सदाको निम्ति शासन गर्नुहुने थियो र सधैँ इमान्दारीपूर्वक न्याय गर्नुहुने थियो र सही निर्णयहरू लिनुहुने थियो ।
  • (३९-०४) प्रधान पूजाहारीले रिसले चुर भएर आफ्ना वस्‍त्रहरू च्याते र धन्य धार्मिक अगुवाहरूको सामु चिच्‍च्‍याए, “अब हामीलाई अरू साक्षीको दरकार छैन । तिनी परमेश्‍वरका पुत्र हुन् भनी तिनले भनेको तिमीहरूले सुनेका छौ । तिमीहरूको न्याय के छ ?”
  • (५०-१४) तर येशूमा विश्‍वास नगर्ने हरेकलाई परमेश्‍वरले न्याय गर्नुहुनेछ । उहाँले तिनीहरूलाई नरकमा फालिदिनुहुनेछ, जहाँ तिनीहरू सदासर्वदाको निम्ति रुनेछन् र दार्‍हा किट्नेछन् ।