ne_tw/bible/kt/jew.md

3.3 KiB

यहूदी, यहूदीहरू

परिभाषा:

यहूदीहरू अब्राहामका नाति याकूबका सन्तानहरू हुन् ।

  • इस्राएलीहरू बेबिलोनी निर्वासानबाट यहूदा फर्केपछि मानिसहरूले तिनीहरूलाई “यहूदीहरू” भन्‍न थाले ।
  • “यहूदी” शब्द “यहूदा” शब्दबाट आउँछ । बेबिलोनमा लगिएका इस्राएलीहरू दक्षिणी राज्य यहूदाका थिए ।
  • येशू मसीह यहूदी हुनुहुन्थ्यो । तर, यहूदी अगुवाहरूले येशूलाई इन्कार गरे र उहाँलाई मारियोस् भनी माग गरे ।

(हेर्नुहोस्ः अब्राहाम, अब्राम, याकूब, इस्राएल, इस्राएलीहरू, इस्राएल जाति, बेबिलोन, बेबिलोनी, यहूदी अगुवाहरू, धार्मिक अगुवाहरू)

बाइबलका सन्दर्भहरूः

  • प्रेरित ०२:५-७
  • प्रेरित १०:२७-२९
  • प्रेरित १४:५-७
  • कलस्सी ०३:९-११
  • यूहन्‍ना ०२:१३-१४
  • मत्ती २८:१४-१५

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • (२०-११) अब इस्राएलीहरूलाई यहूदीहरू भनियो र तिनीहरूमध्ये अधिकांशले पुरै जीवन बेबिलोनमा बिताएका थिए ।
  • (२०-१२) त्यसैले, सत्तरी वर्षको निर्वासनपश्‍चात् यहूदीहरूको एउटा सानो समूह यहूदास्थित यरूशलेम सहरमा फर्के ।
  • (३७-१०) यही आश्‍चर्यकर्मको कारणले गर्दा धेरै यहूदीहरूले येशूमा विश्‍वास गरे ।
  • (३७-११) तर यहूदीहरूका धार्मिक अगुवाहरू डाही थिए । त्यसैले, तिनीहरूले येशू र लाजरसलाई कसरी मार्ने भनी सँगसँगै योजना बनाए ।
  • (४०-०२) दोष-पत्रमा “यहूदीहरूका राजा” भनी लेखेर त्यसलाई येशूको शिरमाथि क्रुसमा झुण्ड्याइयोस् भनी पिलातसले आज्ञा दिए ।
  • (४६-०६) तुरुन्तै शाऊलले “येशू परमेश्‍वरका पुत्र हुनुहुन्छ” भनी दमस्कसका यहूदीहरूलाई प्रचार गर्न थाले ।