ne_tw/bible/kt/jealous.md

3.6 KiB

डाही, डाह

परिभाषा:

शब्दहरू “डाही” र “डाह” ले सम्बन्धको शुद्धतालाई जोगाउने दृढ इच्छालाई जनाउँछन् । तिनले कुनै व्यक्‍ति वा वस्तुलाई अधिकार गर्ने दृढ इच्छालाई पनि जनाउन सक्छन् ।

  • आफ्नो वैवाहिक सम्बन्धमा अविश्‍वासयोग्य हुने पत्‍नी वा पतिप्रति देखाइने रिसको भावनालाई बयान गर्न पनि यी शब्दहरू अक्सर प्रयोग गरिन्छन् ।
  • यी शब्दहरूलाई बाइबलमा प्रयोग गरिँदा अक्सर परमेश्‍वरका मानिसहरू पापबाट शुद्ध र चोखो हुनुपर्छ भन्‍ने परमेश्‍वरको कडा इच्छालाई जनाउन तिनको प्रयोग गरिएका छन् ।
  • आफ्नो नाउँको लागि परमेश्‍वर “डाही” हुनुहुन्छ, अर्थात् यसलाई आदर र इज्जतसाथ व्यवहार गरिनुपर्छ ।
  • डाहीको अर्को अर्थ पनि छ जसमा कुनै व्यक्‍ति सफल हुँदा वा लोकप्रिय हुँदा त्यसप्रति रिसाउनु । यो “ईर्ष्या” को अर्थसित नजिक छ ।

अनुवादका लागि सुझावहरूः

  • “डाही” शब्दलाई “जोगाउने दृढ इच्छा” वा “अधिकार गर्ने इच्छा” भनी अनुवाद गर्न सकिन्छ ।
  • “डाह” शब्दलाई “जोगाउने दृढ भावना” वा “अधिकार गर्ने भावना” भनी अनुवाद गर्न सकिन्छ ।
  • परमेश्‍वरको बारेमा चर्चा गर्दा, यी शब्दहरूले कसैको विरुद्धमा बदलाको भावना राख्‍ने नकारात्मक अर्थ दिनुहुँदैन भन्‍ने कुरामा निश्‍चित हुनुहोस् ।
  • बढी सफलता हासिल गरेका अरू मानिसहरूप्रति रिसको गलत भावना राख्‍ने सन्दर्भमा “ईर्ष्यालु” वा “ईर्ष्या” शब्दहरूलाई प्रयोग गर्न सकिन्छन् । तर यी शब्दहरू परमेश्‍वरको लागि भने प्रयोग गरिनुहुँदैन ।

(हेर्नुहोस्ः ईर्ष्या, लालच)

बाइबलका सन्दर्भहरूः

  • २ कोरिन्थी १२:२०-२१
  • व्यवस्था ०५:९-१०
  • प्रस्थान २०:४-६
  • प्रस्थान ३६:४-६
  • यहोशू २४:१९-२०
  • यहूदा ०१:९-११
  • नहूम ०१:२-३
  • रोमी १३:१३-१४