ne_tw/bible/kt/israel.md

42 lines
5.1 KiB
Markdown

# इस्राएल, इस्राएलीहरू, इस्राएल जाति
## परिभाषा:
“इस्राएल” परमेश्‍वरले याकूबलाई दिनुभएको नाउँ हो । यसको अर्थ हुन्छ, “तिनी परमेश्‍वरसित लड्छन् ।”
* याकूबका सन्तानहरू “इस्राएलका मानिसहरू”, “इस्राएल जाति” वा “इस्राएलीहरू” भनेर चिनिए ।
* परमेश्‍वरले इस्राएलका मानिसहरूसित आफ्नो करार बाँध्‍नुभयो । तिनीहरू उहाँका चुनिएका जाति थिए ।
* इस्राएल जाति बार्‍ह कुलबाट बनेको थियो ।
* राजा सोलोमन मर्नेबित्तिकै इस्राएल दुईवटा राज्यमा विभाजित भयोः “यहूदा” भनिने दक्षिणी राज्य र “इस्राएल” भनिने उत्तरी राज्य ।
* अक्सर सन्दर्भमा आधारित रहेर “इस्राएल” शब्दलाई “इस्राएलका मानिसहरू” वा “इस्राएल जाति” भनी अनुवाद गर्न सकिन्छ ।
(हेर्नुहोस्ः याकूब, इस्राएल, इस्राएल राज्य, यहूदा राज्य, यहूदा, जाति, इस्राएलका बार्‍ह कुल)
बाइबलका सन्दर्भहरूः
* प्रेरित ०२:२२-२४
* प्रेरित ०२:३४-३६
* प्रेरित ०७:२२-२५
* प्रेरित १३:२३-२५
* यूहन्‍ना ०१:४९-५१
* लूका २४:२१
* मत्ती ०२:४-६
* मत्ती ०२:१९-२१
* मत्ती ०९:३२-३४
* मत्ती २७:९-१०
* मर्कूस १२:२८-३१
* फिलिप्पी ०३:४-५
बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
* (०८-१५) याकूबका बार्‍ह छोराका सन्तानहरूबाट इस्राएलका बार्‍ह कुल बने ।
* (०९-०३) मिश्रीहरूले इस्राएलीहरूलाई धेरै भवनहरू र पुरै सहरहरू बनाउन जबरजस्ती गरे ।
* (०९-०५) कोही एक इस्राएली स्‍त्रीले एउटा छोरो जन्माई ।
* (१०-०१) तिनीहरूले भने, “इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘मेरा मानिसहरूलाई जान दे !’”
* (१४-१२) तर यी सबैका बाबजुत पनि इस्राएलका मानिसहरूले परमेश्‍वर र मोशाको विरुद्धमा गनगन गर्नुका अतिरिक्‍त विरोध प्रकट गरे ।
* (१५-०९) त्यस दिन परमेश्‍वरको इस्राएलको पक्षमा लड्नुभयो । उहाँले एमोरीहरूलाई अलमलमा पार्नुभयो र ठुला-ठुला असिनाहरू बर्साउनुभयो जसले धेरै एमोरीहरूलाई मारे ।
* (१५-१२) यो युद्धपश्‍चात् परमेश्‍वरले इस्राएलको हरेक कुललाई प्रतिज्ञात देशको एउटा-एउटा हिस्सा दिनुभयो । त्यसपछि परमेश्‍वरले इस्राएललाई यसका सबै सिमानामा शान्ति दिनुभयो ।
* (१६-१६) त्यसैले, इस्राएलीहरूले मूर्तिहरूलाई पुजेको कारणले परमेश्‍वरले तिनीहरूलाई फेरि दण्ड दिनुभयो ।
* (४३-०६) “हे इस्राएलका मानिसहरू हो, येशू एक मानिस हुनुहुन्थ्यो जसले परमेश्‍वरको शक्‍तिद्वारा धेरै शक्‍तिशाली चिन्हहरू र आश्‍चर्यहरू गर्नुभयो जुन तपाईंहरूले देख्‍नुभयो र पहिले नै जान्‍नुहुन्छ ।”