5.2 KiB
5.2 KiB
ख्रीष्टमा, येशूमा, प्रभुमा
परिभाषा:
शब्द “ख्रीष्टमा” र यससित सम्बन्धित शब्दहरूले येशू ख्रीष्टमाथि राखिएको विश्वासद्वारा उहाँसितको सम्बन्धमा हुने अवस्थालाई जनाउँछ ।
- अन्य सम्बन्धित शब्द वा पदावलीहरू यस प्रकार छन्ः “ख्रीष्ट येशूमा, येशू ख्रीष्टमा, प्रभु येशूमा, प्रभु येशू ख्रीष्टमा ।”
- शब्द “ख्रीष्टमा” का सम्भाव्य अर्थहरू यस प्रकार छन्ः “तिमी ख्रीष्टको भएकोले” वा “ख्रीष्टसित भएको तिम्रो सम्बन्धद्वारा” वा “तिमीले ख्रीष्टमा राखेको विश्वासको आधारमा ।”
- यी सम्बन्धित शब्द वा पदावलीहरू सबैको उही अर्थ छन्, अर्थात् येशूमा विश्वास गरेको अवस्थामा रहनु वा उहाँको चेला हुनु ।
- टिपोटः कहिले काहीँ शब्द “मा” क्रियापदसितै आउँछ । उदाहरणको लागिः “ख्रीष्टमा बाँडचुँड गर्नु” को अर्थ हुन्छ‒ ख्रीष्टलाई चिनेकोले उहाँबाट आउने लाभहरूलाई “बाँडचुँड गर्नु ।” “ख्रीष्टमा महिमा” को अर्थ हुन्छ‒ येशू जो हुनुहुन्छ र उहाँले जे गर्नुभएको छ, त्यसको निम्ति परमेश्वरलाई प्रशंसा दिनु र खुसी हुनु । “ख्रीष्टमा विश्वास गर्नु” को अर्थ हुन्छ‒ मुक्तिदाताको रूपमा उहाँमाथि भरोसा गर्नु र उहाँलाई चिन्नु ।
अनुवादका लागि सुझावहरूः
- सन्दर्भमा आधारित रहेर “ख्रीष्टमा” र “प्रभुमा” (साथै सम्बन्धित शब्द वा पदावलीहरू) लाई निम्न लिखित तरिकाले अनुवाद गर्न सकिन्छः
- “जो ख्रीष्टको हो”
- “तिमीले ख्रीष्टमा विश्वास गरेकोले”
- “ख्रीष्टले हामीलाई बचाउनुभएकोले”
- “प्रभुको सेवामा”
- “प्रभुमा भरोसा गर्नु”
- “प्रभुले जे गर्नुभएको छ, त्यसको कारणले गर्दा”
- ख्रीष्ट “मा विश्वास” गर्ने वा ख्रीष्ट “मा विश्वास राख्ने” मानिसहरूले ख्रीष्टले सिकाउनुभएका कुराहरूमा विश्वास गर्छन् र क्रुसमा उहाँको बलिदानको कारणले उहाँले तिनीहरूलाई बचाउन सक्नुहुन्छ अनि उहाँले तिनीहरूका पापको भुक्तानि तिरिदिनुभएको छ भनी भरोसा गर्छन् । केही भाषाहरूमा “मा विश्वास गर्नु” वा “मा बाँडचुँड गर्नु” वा “मा भरोसा गर्नु” जस्ता क्रियापदहरूका लागि एउटै मात्र शब्द हुन सक्छ ।
(हेर्नुहोस्ः ख्रीष्ट, मसीह, प्रभु, येशू, येशू ख्रीष्ट, ख्रीष्ट येशू, विश्वास गर्नु, मा विश्वास गर्नु, विश्वास)
बाइबलका सन्दर्भहरूः
- १ यूहन्ना ०२:४-६
- २ कोरिन्थी ०२:१६-१७
- २ थेसलोनिकी ०३:४-५
- २ तिमोथी ०१:१-२
- गलाती ०१:२१-२४
- गलाती ०२:१७-१९
- फिलेमोन ०१:४-७
- प्रकाश ०१:९-११
- रोमी ०९:१-२