ne_tw/bible/kt/imageofgod.md

3.8 KiB

परमेश्‍वरको स्वरूप, स्वरूप

परिभाषा:

“स्वरूप” शब्दले चरित्र वा सारमा उस्तै देखिने कुरोलाई जनाउँछ । सन्दर्भमा आधारित रहेर पदावली “परमेश्‍वरको स्वरूप” लाई विभिन्‍न तरिकाले प्रयोग गरिएको छ ।

  • समयको आरम्भमा परमेश्‍वरले मानव-जातिलाई “आफ्नै स्वरूपमा” अर्थात् “उहाँकै प्रतिरूपमा” सृष्‍टि गर्नुभयो । यसको अर्थ हुन्छ, कि मानिसहरूसित केही यस्ता चरित्रहरू छन् जसले परमेश्‍वरको स्वरूपको प्रतिबिम्बित गर्छन्, जस्तैः भावनाको महसुस गर्ने क्षमता, तर्क र सञ्‍चार गर्ने क्षमता र अनन्तसम्म बाँचिरहने आत्मा ।
  • बाइबलले सिकाउँछ कि परमेश्‍वरका पुत्र येशू “परमेश्‍वरको स्वरूप” हुनुहुन्छ, जसको अर्थ हुन्छ उहाँ आफै नै परमेश्‍वर हुनुहुन्छ । मानव-जातिको विपरीत येशू सृष्‍टि गरिनुभएन । अनन्तकाल देखि नै पुत्र परमेश्‍वरमा सबै ईश्‍वरीय गुणहरू छन्, किनकि पिता परमेश्‍वरमा जस्तै उहाँमा उही सार तत्त्व छ ।

अनुवादका लागि सुझावहरूः

  • “परमेश्‍वरको स्वरूप” ले येशूलाई जनाउँदा यसलाई “परमेश्‍वरको वास्तविक प्रतिरूप” वा “परमेश्‍वरजस्तै सार तत्त्व” वा “परमेश्‍वरजस्तै अस्तित्व” भनी अनुवाद गर्न सकिन्छ ।
  • वाक्यांश “परमेश्‍वरले तिनीहरूलाई आफ्नै स्वरूपमा सृष्‍टि गर्नुभयो” ले मानव-जातिलाई उल्लेख गर्दा यस वाक्यांशलाई “परमेश्‍वरले तिनीहरूलाई उहाँजस्तै हुन सृष्‍टि गर्नुभयो” वा “परमेश्‍वरले आफूसित भएका गुणहरूसहित तिनीहरूलाई सृष्‍टि गर्नुभयो” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः स्वरूप, खोपिएको प्रतिमा, खोपिएको चित्र, धातुको चित्र, परमेश्‍वरका पुत्र, पुत्र येशू, पुत्र)

बाइबलका सन्दर्भहरूः

  • २ कोरिन्थी ०४:३-४
  • कलस्सी ०३:९-११
  • उत्पत्ति ०१:२६-२७
  • उत्पत्ति ०९:५-७
  • याकूब ०३:९-१०
  • रोमी ०८:२८-३०