ne_tw/bible/kt/humble.md

3.1 KiB

विनम्र, विनम्रता

परिभाषा:

शब्द “विनम्र” ले आफूलाई अरूभन्दा श्रेष्‍ठ नठान्‍ने व्‍यक्‍तिको बयान गर्छ । ऊ घमन्डी वा अहङ्कारी हुँदैन । विनम्रता विनम्र व्‍यक्‍तिको गुण हो ।

  • परमेश्‍वरको सामु विनम्र हुनुको अर्थ हुन्छ‒ उहाँका महानता, बुद्धि र सिद्धताको तुलनामा हाम्रा कमजोरी र असिद्धतालाई बुझ्‍नु ।
  • व्‍यक्‍तिले आफैलाई विनम्र पार्‍यो भने उसले आफैलाई कम महत्त्वको पदमा राख्छ ।
  • विनम्रता भनेको आफ्नाभन्दा अरूका आवश्यकताहरूको बारेमा वास्ता गर्नु हो ।
  • विनम्रताको अर्थ आफ्ना वरदान र योग्यताहरूको प्रयोग गर्दा सहज मनोवृत्तिसहित सेवा गर्नु पनि हो ।
  • पदावली “विनम्र हुनुहोस्” लाई “घमन्डी नहुनुहोस्” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • “परमेश्‍वरको सामु आफैलाई विनम्र तुल्याओ” लाई “परमेश्‍वरको महानतालाई बुझेर आफ्नो इच्छालाई उहाँको अधीनमा ल्याओ” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः घमन्ड)

बाइबलका सन्दर्भहरूः

  • कलस्सी ०२:१८-१९
  • याकूब ०१:१९-२१
  • याकूब ०३:१३-१४
  • याकूब ०४:८-१०
  • लूका १४:१०-११
  • लूका १८:१३-१४
  • मत्ती १८:४-६
  • मत्ती २३:११-१२

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • (१७-०२) दाऊद एक विनम्र र धर्मी मानिस थिए, जसले परमेश्‍वरमाथि भरोसा गर्थे र उहाँको आज्ञा मान्थे ।
  • (३४-१०) “हरेक जो घमन्डी छ, परमेश्‍वरले त्यसलाई विनम्र तुल्याउनुहुनेछ र आफैलाई विनम्र तुल्याउनेहरूलाई उहाँले उचाल्नुहुनेछ ।”