ne_tw/bible/kt/houseofgod.md

3.0 KiB

परमेश्‍वरको घर, यहोवेको घर

परिभाषा:

बाइबलमा पदावलीहरू “परमेश्‍वरको घर” र “यहोवेको घर” ले परमेश्‍वरलाई आराधना चढाइने स्थानलाई जनाउँछन् ।

  • पवित्र वासस्थान र मन्दिरलाई जनाउन मात्र पनि यसलाई प्रयोग गरिएको छ ।
  • कहिले काहीँ परमेश्‍वरका मानिसहरूलाई जनाउन पदावली “परमेश्‍वरको घर” लाई प्रयोग गरिएको छ ।

अनुवादका लागि सुझावहरूः

  • आराधनाको स्थानलाई उल्लेख गरिँदा यसलाई “परमेश्‍वरलाई आराधना गर्ने घर” वा “परमेश्‍वरलाई आराधना गर्ने ठाउँ” भनी अनुवाद गर्न सकिन्छ ।
  • यसले मन्दिर वा पवित्र वासस्थानलाई उल्लेख गर्दै छ भने यसलाई “मन्दिर (पवित्र वासस्थान) जहाँ परमेश्‍वरलाई आराधना चढाइन्छ” वा “परमेश्‍वरको उपस्थिति हुने ठाउँ” वा “परमेश्‍वरले आफ्ना मानिसहरूलाई भेट गर्नुहुने ठाउँ” भनी अनुवाद गर्न सकिन्छ ।
  • परमेश्‍वर त्यहाँ “बास गर्नुहुन्छ” भन्‍ने सत्यतालाई व्यक्‍त गर्नका लागि अनुवादमा “घर” शब्दलाई प्रयोग गर्नु महत्त्वपूर्ण हुन्छ । उहाँ बास गर्नुहुन्छ भन्‍नुको अर्थ हुन्छ, कि आफ्ना मानिसहरूलाई भेट गर्न र तिनीहरूबाट आराधना गरिन उहाँ त्यस ठाउँमा आत्मामा रहनुहुन्छ ।

(हेर्नुहोस्ः परमेश्‍वरका मानिसहरू, पवित्र वासस्थान, मन्दिर)

बाइबलका सन्दर्भहरूः

  • १ तिमोथी ०३:१४-१५
  • २ इतिहास २३:८-९
  • एज्रा ०५:१२-१३
  • उत्पत्ति २८:१६-१७
  • न्यायकर्ता १८:३०-३१
  • मत्ती १२:३-४
  • मर्कूस ०२:२५-२६