ne_tw/bible/kt/hope.md

3.0 KiB

आशा

परिभाषा:

आधुनिक अङ्ग्रेजीमा साधारणतया “आशा” शब्दको अर्थ हुन्छ‒ कुनै कुरा हुनेछ वा हुनेछैन भनी निश्‍चित नभईकन त्यो कुरो होस् भन्‍ने इच्छा गर्नु ।

  • बाइबलका धेरै अङ्ग्रेजी अनुवादहरूमा शब्द “आशा” लाई अक्सर परमेश्‍वरले आफ्ना मानिसहरूलाई जे प्रतिज्ञा गर्नुभएको छ त्यो प्राप्‍तिको निश्‍चित अपेक्षालाई जनाउन प्रयोग गरिएको छ । तथापि युएलबीमा यसलाई साधारणतया “निश्‍चितता” भनी अनुवाद गरिएको छ, किनकि कुनै कुरोबारे निश्‍चित वा पक्‍का हुने अर्थलाई यस शब्दले बेसी प्रतिनिधित्व गर्छ ।
  • “आशा नहुनु” को अर्थ हुन्छ‒ कुनै असल कुरो हुने अपेक्षा नगर्नु ।

अनुवादका लागि सुझावहरूः

  • युएलबीका अधिकांश सन्दर्भहरूमा क्रियापद “आशा गर्नु” लाई “चाहनु” वा “इच्छा गर्नु” वा “अपेक्षा गर्नु” भनी अनुवाद गर्न सकिन्छ ।
  • वाक्यांश “आशा गर्नुपर्ने केही छैन” लाई “भरोसा गर्नुपर्ने केही छैन” वा “कुनै असल कुरोको कुनै आशा छैन” भनी अनुवाद गर्न सकिन्छ ।
  • “कुनै आशा नहुनु” लाई “कुनै असल कुरोको अपेक्षा नगर्नु” वा “कुनै सुरक्षा नहुनु” वा “कुनै असल कुरो हुनेछैन भन्‍ने कुरो पक्‍का हुनु” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः निश्‍चितता, निश्‍चित)

बाइबलका सन्दर्भहरूः

  • १ इतिहास २९:१४-१५
  • १ यूहन्‍ना ०३:१-३
  • १ थेसलोनिकी ०२:१७-२०
  • प्रेरित २४:१४-१६
  • प्रेरित २६:६-८
  • प्रेरित २७:१९-२०
  • अय्यूब ११:२०
  • मर्कूस ०३:९-१०