ne_tw/bible/kt/honor.md

2.9 KiB

आदर, आदर गर्नु

परिभाषा:

शब्दहरू “आदर” र “आदर गर्नु” ले कसैलाई सम्मान, इज्जत वा प्रतिष्‍ठा दिनु भनी उल्लेख गर्छन् ।

  • साधारणतया उच्‍चतर सामाजिक स्तर र महत्त्व बोकेको व्‍यक्‍तिलाई आदर गरिन्छ, जस्तैः राजा वा परमेश्‍वरलाई ।
  • ख्रीष्‍टियानहरूले अरूको आदर गर्नुपर्छ, तर आफ्नै आदर भने खोज्‍नुहुन्‍न भनी परमेश्‍वर निर्देशन दिनुहुन्छ ।
  • छोरा छोरीहरूलाई बुबा आमाको आदर गर्न निर्देशन दिइएको छ, जसमा सम्मान र आज्ञाकारिता पर्छन् ।
  • खास गरी येशूको उल्लेख गरिँदा “आदर” र “महिमा” अक्सर सँगसँगै प्रयोग गरिन्छन् । यी उही कुरोलाई जनाउने दुईवटा फरक तरिका हुन सक्छन् ।
  • परमेश्‍वरलाई चढाइने आदरमा धन्यवाद र प्रशंसा अनि उहाँप्रति आज्ञाकारी भएर उहाँलाई दिइने सम्मानसाथै उहाँ कति महान् हुनुहुन्छ भनी जिउने तरिका पर्छन् ।

अनुवादका लागि सुझावहरूः

  • “आदर” लाई “सम्मान” वा “इज्जत” वा “उच्‍च प्रतिष्‍ठा” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • क्रियापद “आदर गर्नु” लाई “... लाई विशेष सम्मान गर्नु” वा “प्रशंसा गर्नु” वा “उच्‍च इज्जत दिनु” वा “अत्यधिक मूल्यवान् ठान्‍नु” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः अनादर, अनादरयोग्य, महिमा, महिमित, महिमा गर्नु, प्रशंसा गर्नु, अन्य)

बाइबलका सन्दर्भहरूः

  • प्रेरित १९:१५-१७
  • मत्ती १५:४-६
  • मर्कूस ०६:४-६