ne_tw/bible/kt/highpriest.md

6.1 KiB

प्रधान पूजाहारी

परिभाषा:

पदावली “प्रधान पूजाहारी” ले विशेष पूजाहारीलाई जनाउँछ जसलाई एक वर्षसम्म अन्य सबै इस्राएली पूजाहारीहरूको अगुवा भई सेवा गर्न नियुक्‍त गरिन्थ्यो ।

  • प्रधान पूजाहारीका विशेष उत्तरदायित्वहरू हुन्थे । वर्षको एक चोटि विशेष बलिदान चढाउन मन्दिरको महा-पवित्रस्थानभित्र प्रवेश गर्न तिनलाई मात्र अनुमति मिल्थ्यो ।
  • इस्राएलीहरूका धेरै पूजाहारी हुन्थे, तर एक पटकमा एक मात्र प्रधान पूजाहारी हुन्थ्यो ।
  • येशू पक्राउ पर्नुहुँदा कैयाफा औपचारिक प्रधान पूजाहारी थिए । कैयाफाका ससुरा हन्‍नासलाई पनि कहिले काहीँ प्रधान पूजाहारी भनी उल्लेख गरिएको छ, किनकि तिनी अगिल्ला प्रधान पूजाहारी थिए । सम्भवतः तिनीसित अझै पनि मानिसहरूमाथि शक्‍ति र अधिकार थियो ।

अनुवादका लागि सुझावहरूः

  • “प्रधान पूजाहारी” लाई “सर्वोच्‍च पूजाहारी” वा “उच्‍चतम पूजाहारी” भनी अनुवाद गर्न सकिन्छ ।
  • “मुख्य पूजाहारी” लाई अनुवाद गर्ने शब्दभन्दा यसलाई अनुवाद गर्ने शब्द फरक हुनुपर्छ भन्‍ने कुरामा निश्‍चित हुनुहोस् ।

(हेर्नुहोस्ः हन्‍नास, कैयाफा, मूख्य पूजाहारीहरू, पूजाहारी, पूजाहारीको पद, मन्दिर)

बाइबलका सन्दर्भहरूः

  • प्रेरित ०७:१-३
  • प्रेरित ०९:१-२
  • प्रस्थान ३०:१०
  • हिब्रू ०६:१९-२०
  • लेवी १६:३२-३३
  • लूका ०३:१-२
  • मत्ती २६:३-५
  • मत्ती २६:५१-५४
  • मर्कूस ०२:२५-२६

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • (१३-०८) पर्दा पछाडिको कोठामा प्रधान पूजाहारीबाहेक कोही पनि प्रवेश गर्न सक्दैनथ्यो, किनकि त्यहाँ परमेश्‍वर बास गर्नुहुन्थ्यो ।
  • (२१-०७) आउनेवाला मसीह सिद्ध प्रधान पूजाहारी हुनुहुने थियो, जसले आफैलाई सिद्ध बलिदानको रूपमा परमेश्‍वरको निम्ति चढाउनुहुने थियो ।
  • (३८-०३) येशूलाई धोका दिन प्रधान पूजाहारीद्वारा अगुवाइ गरिएका यहूदी अगुवाहरूले यहूदालाई तिस चाँदीका सिक्‍का दिए ।
  • अन्त्यमा, प्रधान पूजाहारीले येशूलाई सिधा हेरी भने, “हामीलाई भन्‍नुहोस्, कि के तपाईं नै मसीह अर्थात् जीवित परमेश्‍वरका पुत्र हुनुहुन्छ ?”
  • (४४-०७) अर्को दिन यहूदी अगुवाहरूले पत्रुस र यूहन्‍नालाई प्रधान पूजाहारी र अन्य धार्मिक अगुवाहरूकहाँ ल्याए ।
  • (४५-०२) त्यसैले, धार्मिक अगुवाहरूले स्तिफनसलाई पक्राउ गरी तिनलाई प्रधान पूजाहारी र यूहदीहरूका अन्य अगुवाहरूकहाँ ल्याए, जहाँ अझै थप झुटा साक्षीहरूले स्तिफनसको बारेमा झुट बोले ।
  • (४६-०१) दमस्कस सहरमा गई त्यहाँ भएका ख्रीष्‍टियानहरूलाई पक्राउ गरी तिनीहरूलाई यरूशलेममा ल्याउन प्रधान पूजाहारीले शाऊललाई अनुमति दिए ।
  • (४८-०६) येशू महान् प्रधान पूजाहारी हुनुहुन्छ । अन्य पूजाहारीहरूका विपरीत उहाँले संसारका सबै मानिसहरूका पाप उठाई लैजान सक्‍ने एक मात्र बलिदानको रूपमा आफैलाई अर्पण गर्नुभयो । येशू सिद्ध प्रधान पूजाहारी हुनुहुन्थ्यो किनकि उहाँले जो कसैले गरेको हरेक पापको दण्ड बोक्‍नुभयो ।