ne_tw/bible/kt/heart.md

4.8 KiB

ह्दय/मुटु

परिभाषा:

बाइबलमा व्‍यक्‍तिका विचार, भावना, चाहना वा इच्छालाई जनाउन “ह्दय/मुटु” शब्दलाई अक्सर आलङ्कारिक रूपमा प्रयोग गरिएको छ ।

  • “कडा ह्दय” हुनु एउटा सामान्य अभिव्‍यक्‍ति हो, जसको अर्थ हुन्छः व्‍यक्‍ति हठी भएर परमेश्‍वरको आज्ञा पालन गर्न इन्कार गर्छ ।
  • अभिव्‍यक्‍तिहरू “मेरा सारा ह्दयले” वा “मेरा सम्पूर्ण ह्दयले” को अर्थ हुन्छ‒ केही पनि बाँकी नराखी पूर्ण प्रतिबद्धता र तत्परताले कुनै कुरो गर्नु ।
  • टुक्‍का “यसलाई ह्दयमा लैजानु” को अर्थ हुन्छ‒ कुनै कुरोलाई गम्भीरतापूर्वक लिई त्यसलाई व्‍यक्‍तिको जीवनमा उतार्नु ।
  • “भग्‍नह्दय” शब्दले ज्यादै दुःखी व्‍यक्‍तिलाई बयान गर्छ । उसलाई भावनात्मक रूपमा ज्यादै गहिरो चोट लागेको छ ।

अनुवादका लागि सुझावहरूः

  • यी विचारलाई जनाउन केही भाषाहरूले “पेट” वा “कलेजो” जस्ता शरीरका अङ्गहरूलाई प्रयोग गर्छन् ।
  • अरू भाषाहरूले यीमध्ये केही अवधारणालाई व्यक्त गर्न एउटा शब्द र अन्य अवधारणालाई व्यक्त गर्न अर्को शब्द प्रयोग गर्न सक्छन् ।
  • “ह्दय” वा शरीरका अन्य अङ्गहरूले यस अर्थलाई व्यक्त गर्दैन भने केही भाषाहरूले “विचार” वा “भावना” वा “इच्छा” जस्ता शब्दहरूको प्रयोग गरी यसलाई शाब्दिक रूपमा व्यक्त गर्नुपर्ने हुन सक्छ ।
  • सन्दर्भमा आधारित रहेर “मेरा सारा ह्दयले” वा “मेरा सम्पूर्ण ह्दयले” लाई “मेरा सबै शक्तिले” वा “पूर्ण समर्पणसहित” वा “पूर्णतः” वा “पूर्ण प्रतिबद्धतासहित” भनेर अनुवाद गर्न सकिन्छ ।
  • वाक्यांश “ह्दयमा लैजानु” लाई “यसलाई गम्भीर रूपमा लिनु” वा “यसबारे होसियारीपूर्वक सोच्‍नु” भनी अनुवाद गर्न सकिन्छ ।
  • टुक्‍का “कडा ह्दय” लाई “हठी रूपमा विद्रोही” वा “आज्ञा मान्‍न इन्कार गर्ने” वा “निरन्तर रूपमा परमेश्‍वरप्रति अनाज्ञाकारी हुने” भनी अनुवाद गर्न सकिन्छ ।
  • “भग्‍नह्दय” लाई “ज्यादै दुःखी” वा “गहन चोटको अनुभूति गरेको” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः कडा, कठोरता, अन्य)

बाइबलका सन्दर्भहरूः

  • १ यूहन्‍ना ०३:१६-१८
  • १ थेसलोनिकी ०२:३-४
  • १ थेसलोनिकी ०३:११-१३
  • २ थेसलोनिकी ०३:१३-१५
  • प्रेरित ०८:२०-२३
  • प्रेरित १५:७-९
  • लूका ०८:१४-१५
  • मत्ती ०५:५-८
  • मत्ती ०९:३-६
  • मत्ती १३:१५
  • मत्ती १३:१८-१९
  • मत्ती २२:३७-३८
  • मर्कूस ०२:५-७