ne_tw/bible/kt/hades.md

4.7 KiB

चिहान (हिब्रूमा सिओल र ग्रिकमा हेडिस)

परिभाषा:

हिब्रू शब्द “सिओल” र ग्रिक शब्द “हेडिस” (जसलाई नेपालीमा धेरै पटक “चिहान” भनी अनुवाद गरिएको छ) ले मृत्यु र मानिसहरू मरेपछि तिनीहरूका आत्माहरू जाने ठाउँलाई जनाउँछन् । यी दुवै शब्दको अर्थ समान छ ।

  • साधारणतया मृत्युको स्थानलाई उल्लेख गर्न हिब्रू शब्द “सिओल” लाई पुरानो करारमा अक्सर प्रयोग गरिएको छ ।
  • नयाँ करारमा ग्रिक शब्द “हेडिस” ले परमेश्‍वरको विरुद्धमा जाने मानिसहरूका आत्माहरूको बासस्थानलाई जनाउँछ । यी आत्माहरू “तल” हेडिसमा गए भनी उल्लेख गरिएको छ । कहिले काहीँ “माथि” स्वर्गमा जाने कुरोसित यसको भिन्‍नता छुट्टयाइएको छ । स्वर्ग त्यो ठाउँ हो, जहाँ येशूमा विश्‍वास गर्ने मानिसहरूका आत्माहरू बस्छन् ।
  • प्रकाशको पुस्तकमा “हेडिस” शब्द “मृत्यु” सँगै आएको पाइन्छ । अन्त्यको समयमा मृत्यु र हेडिस दुवै अग्‍नि-कुण्डमा फ्याँकिनेछन्, जुन नरक हो ।

अनुवादका लागि सुझावहरूः

  • पुरानो करारको शब्द “सिओल” लाई “मृतकहरूको वासस्थान” वा “मृत आत्माहरूको स्थान” भनी अनुवाद गर्न सकिन्छ । सन्दर्भमा आधारित रहेर केही अनुवादहरूले यसलाई “खाडल” वा “मृत्यु” भनी अनुवाद गर्छन् ।
  • नयाँ करारको शब्द “हेडिस” लाई “विश्‍वास नगर्ने मृत आत्माहरूको स्थान” वा “मृतकहरूको यातनाको स्थान” वा “विश्‍वास नगर्ने मृत मानिसहरूका आत्माहरूको स्थान” भनी अनुवाद गर्न सकिन्छ ।
  • केही अनुवादहरूले “सिओल” वा “हेडिस” लाई अनुवाद गर्नुको साटो लिप्यन्तर गर्छन्, अर्थात् अनुवाद गरिएको भाषामा तिनलाई जस्ताको तस्तै ल्याउँछन् । (हेर्नुहोस्ः अज्ञात शब्दहरूलाई कसरी अनुवाद गर्ने)
  • यस शब्दलाई व्याख्या गर्न कुनै पदावली पनि थप्‍न सकिन्छ, जस्तैः “सिओल अर्थात् मृत मानिसहरूको वासस्थान” वा “हेडिस अर्थात् मृत्युको स्थान ।”

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई अनुवाद गर्नुहोस्, अज्ञात शब्दहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः मृत्यु, स्वर्ग, आकाश, स्वर्गहरू, स्वर्गीय, नरक, अग्‍नि-कुण्ड, चिहान)

बाइबलका सन्दर्भहरूः

  • प्रेरित ०२:२९-३१
  • उत्पत्ति ४४:२७-२९
  • योना ०२:१-२
  • लूका १०:१३-१५
  • लूका १६:२२-२३
  • मत्ती ११:२३-२४
  • मत्ती १६:१७-१८
  • प्रकाश ०१:१७-१८