ne_tw/bible/kt/good.md

7.2 KiB

असल, उत्तमता

परिभाषा:

सन्दर्भमा आधारित रहेर शब्द “असल” का विभिन्‍न अर्थहरू छन् । यी विभिन्‍न शब्दहरूलाई अनुवाद गर्न धेरै भाषाहरूले विभिन्‍न शब्दहरूको प्रयोग गर्छन् ।

  • साधारणतया परमेश्‍वरको चरित्र, उद्देश्य र इच्छासित मेल खायो भने त्यो कुरो असल हुन्छ ।
  • “असल” कुरो सुखद, सर्वोत्तम, मदतदायी, उपयुक्‍त, लाभदायक वा नैतिक रूपमा सही हुन्छ ।
  • “असल” जमिनलाई “उर्वरायुक्‍त” वा “उत्पादनशील” भन्‍न सकिन्छ ।
  • “असल” फसल “प्रचुर” फसल हुन सक्छ ।
  • आफ्नो काम वा पेसामा व्यक्‍ति दक्ष छ भने उसले गर्ने काममा ऊ “असल” हुन सक्छ, जस्तैः “असल किसान ।”
  • बाइबलमा “असल” को सामान्य अर्थ “खराब” को विपरीत छ ।
  • शब्द “उत्तमता” ले साधारणतया नैतिक रूपमा असल वा विचार र कर्ममा धार्मिक हुने कुरोलाई जनाउँछ ।
  • परमेश्‍वरको उत्तमता (भलाइ) ले कसरी उहाँले मानिसहरूलाई असल र फाइदाजनक चिजहरू दिएर तिनीहरूलाई आशिष् दिनुहुन्छ भन्‍ने कुरोलाई जनाउँछ । यसले उहाँको नैतिक सिद्धतालाई पनि जनाउन सक्छ ।

अनुवादका लागि सुझावहरूः

  • अनुवाद गरिएको भाषामा “असल” को लागि प्रयोग गरिने शब्दलाई जहाँसुकै यो सामान्य अर्थ सठिक र स्वाभाविक हुँदा प्रयोग गरिनुपर्छ, खास गरी खराब (वा दुष्‍ट) सित विपरीत भएका सन्दर्भहरूमा ।
  • सन्दर्भमा आधारित रहेर यस शब्दलाई “दयालु” वा “सर्वोत्तम” वा “परमेश्‍वरमा स्वीकारयोग्य” वा “धार्मिक” वा “नैतिक रूपमा सोझो” वा “लाभदायक” भनी अनुवाद गर्न सकिन्छ ।
  • “असल जमिन” लाई “उर्वरायुक्‍त जमिन” वा “उत्पादनशील जमिन” भनी अनुवाद गर्न सकिन्छ । “असल फसल” लाई “प्रचुर फसल” वा “फसलको अत्यधिक मात्रा” भनी अनुवाद गर्न सकिन्छ ।
  • वाक्यांश “लाई असल गर्नुहोस्” को अर्थ हुन्छ कि अरूलाई फाइदा पुग्‍ने कुराहरू गर्नु र यसलाई “प्रति दयालु हुनुहोस्” वा कसैलाई “मदत गर्नुहोस्” वा “फाइदा दिनुहोस्” भनी अनुवाद गर्न सकिन्छ ।
  • सन्दर्भमा आधारित रहेर “उत्तमता” लाई “आशिष्” वा “दया” वा “नैतिक सिद्धता” वा “धार्मिकता” वा “शुद्धता” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः दुष्‍ट्याइँ, दुष्‍ट, दुष्‍टता, पवित्र, पवित्रता, लाभ, लाभदायक, धार्मिक, धार्मिकता)

बाइबलका सन्दर्भहरूः

  • प्रेरित ०६:२-४
  • गलाती ०५:२२-२४
  • उत्पत्ति ०१:११-१३
  • उत्पत्ति ०२:९-१०
  • उत्पत्ति ०२:१५-१७
  • याकूब ०३:१३-१४
  • रोमी ०२:३-४

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • (०१-०४) आफूले सृष्‍टि गर्नुभएको कुरो असल थियो भनी परमेश्‍वरले देख्‍नुभयो ।
  • (०१-११) परमेश्‍वरले ... असल र खराबको ज्ञान दिने रुख लगाउनुभयो ।”
  • (०१-१२) त्यसपछि परमेश्‍वरले भन्‍नुभयो, “मानिसलाई एकलो रहन असल छैन ।”
  • (०२-०४) “परमेश्‍वर जान्‍नुहुन्छ कि तिमीले यसलाई खानेबित्तिकै तिमी परमेश्‍वरजस्तै हुनेछ्यौ र तिमीले उहाँले जस्तै असल र खराबलाई बुझ्‍नेछ्यौ ।”
  • (०८-१२) “तपाईंहरूले मलाई दासको रूपमा बेच्‍नुहुँदा खराब गर्ने कोसिस गर्नुभयो, तर परमेश्‍वरले त्यस खराबलाई असलको लागि प्रयोग गर्नुभयो ।”
  • (१४-१५) यहोशू एक असल अगुवा थिए, किनकि तिनले परमेश्‍वरमाथि भरोसा गरे र उहाँप्रति आज्ञाकारी बने ।
  • (१८-१३) यीमध्ये केही राजाहरू असल मानिसहरू थिए, जसले न्यायपूर्वक शासन गरे र परमेश्‍वरको आराधना गरे ।
  • (२८-०१) “हे असल शिक्षक, अनन्त जीवन पाउन मैले के गर्नुपर्छ ?” येशूले तिनलाई जवाफ दिनुभयो, “तिमी मलाई किन ‘असल’ भन्छौ ? एक जना मात्र असल हुनुहुन्छ जो परमेश्‍वर हुनुहुन्छ ।”