ne_tw/bible/kt/godly.md

3.6 KiB

ईश्‍वरीय, ईश्‍वरभक्‍ति

परिभाषा:

परमेश्‍वरलाई आदर गर्ने र परमेश्‍वर कस्तो हुनुहुन्छ भनी देखाउने तरिकाले क्रियाकलाप गर्ने व्यक्‍तिको बयान गर्न “ईश्‍वरीय” शब्दको प्रयोग गरिन्छ । परमेश्‍वरको इच्छालाई कार्यान्वयन गरी उहाँलाई आदर गर्ने गुणलाई “ईश्‍वरभक्‍ति” भनी उल्लेख गरिन्छ ।

  • ईश्‍वरीय चरित्र भएको व्यक्‍तिले प्रेम, आनन्द, शान्ति, धैर्य, दया र आत्म-संयमजस्ता पवित्र आत्माका फलहरू देखाउँछन् ।
  • ईश्‍वरभक्‍तिको योग्यता अर्थात् परमेश्‍वरलाई आदर गर्ने तरिकाले गरिने क्रियाकलाप व्यक्‍तिसित पवित्र आत्मा छ र ऊ उहाँको अधीनमा छ भन्‍ने फल वा बाहिरी साक्षी हो ।

अनुवादका लागि सुझावहरूः

  • शब्द “ईश्‍वरभक्‍तहरू” लाई “ईश्‍वरीय मानिसहरू” वा “परमेश्‍वरको आज्ञा मान्‍ने मानिसहरू” भनी अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः नामिक विशेषण)
  • विशेषण “ईश्‍वरीय” लाई “परमेश्‍वरप्रति आज्ञाकारी” वा “धार्मिक” वा “परमेश्‍वरलाई खुसी पार्ने” भनी अनुवाद गर्न सकिन्छ ।
  • पदावली “ईश्‍वरीय चालमा” लाई “परमेश्‍वरको आज्ञा पालन गर्ने गरी” वा “परमेश्‍वरलाई खुसी पार्ने वचन र कर्महरूसहित” भनी अनुवाद गर्न सकिन्छ ।
  • “ईश्‍वरभक्‍ति” लाई “परमेश्‍वरलाई खुसी पार्ने तरिकाले गरिने क्रियाकलाप” वा “परमेश्‍वरको आज्ञा पालन गर्ने काम” वा “धार्मिक तरिकाबाट जिइने जीवन यापन” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः धार्मिक, ईश्‍वररहित, ईश्‍वरविहीन, ईश्‍वरविहीनता, ईश्‍वररहित अवस्था, अधार्मिकता, अधार्मिक अवस्था)

बाइबलका सन्दर्भहरूः

  • १ तिमोथी ०४:६-८
  • २ तिमोथी ०३:१०-१३
  • प्रेरित ०३:११-१२
  • प्रेरित १०:१-२
  • हिब्रू ११:७