ne_tw/bible/kt/glory.md

5.5 KiB

महिमा, महिमित

परिभाषा:

सामान्यतया “महिमा” शब्दको अर्थ हुन्छ‒ आदर, वैभव र अत्यधिक महानता । “महिमा” भएको कुनै पनि कुरोलाई “महिमित” भनिन्छ ।

  • कहिले काहीँ “महिमा” ले महान् मूल्य र महत्त्वलाई जनाउँछ । अन्य सन्दर्भहरूमा यसले वैभव, चम्किलोपना वा न्यायको अभिव्यक्‍ति दिन्छ ।
  • उदाहरणको लागि, “गोठालाहरूको महिमा” ले हरियाली गौचरनलाई उल्लेख गर्छ, जहाँ भेडाहरूले खाने पर्याप्‍त घाँस हुन्छन् ।
  • महिमा खास गरी परमेश्‍वरको बयान गर्न प्रयोग गरिन्छ । सारा विश्‍वमा अन्य कुनै थोक वा व्यक्‍तिभन्दा उहाँ बढी महिमित हुनुहुन्छ । उहाँको चरित्रमा भएको हरेक कुरोले उहाँको महिमा र उहाँको वैभवलाई प्रकट गर्छ ।
  • “मा महिमा गर्नु” को अर्थ हुन्छः कुनै कुरोमा घमन्ड गर्नु वा गर्व गर्नु ।

अनुवादका लागि सुझावहरूः

  • सन्दर्भमा आधारित रहेर “महिमा” लाई “वैभव” वा “चम्किलोपन” वा “ऐश्‍वर्य” वा “भययोग्य महानता” वा “अत्यधिक मूल्यवान्” भनी अनुवाद गर्न सकिन्छ ।
  • “महिमित” शब्दलाई “महिमाले भरिपूर्ण” वा “अत्यधिक मूल्यवान्” वा “तेजिलो चमक” वा “भययोग्य रूपमा ऐश्‍वर्यवान्” भनी अनुवाद गर्न सकिन्छ ।
  • वाक्यांश “परमेश्‍वरलाई महिमा दिनुहोस्” लाई “परमेश्‍वरको महानताको आदर गर्नुहोस्” वा “परमेश्‍वरको ऐश्‍वर्यको कारणले उहाँको स्तुति होस्” वा “परमेश्‍वर कति महान् हुनुहुन्छ भनी अरूलाई बताउनुहोस्” भनी अनुवाद गर्न सकिन्छ ।
  • पदावली “मा महिमा गर्नु” लाई “प्रशंसा गर्नु” वा “मा गर्व गर्नु” वा “को बारेमा घमन्ड गर्नु” वा “मा खुसी हुनु” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः महिमा दिनु)

बाइबलका सन्दर्भहरूः

  • १ यूहन्‍ना ०२:१५-१७
  • १ थेसलोनिकी ०२:५-६
  • प्रेरित ०७:१-३
  • कलस्सी ०३:१-४
  • प्रस्थान २४:१६-१८
  • यशैया ३५:१-२
  • याकूब ०२:१-४
  • लूका ०२:८-९
  • गन्ती १४:९-१०
  • फिलिप्पी ०२:१४-१६
  • फिलिप्पी ०४:१८-२०

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • (२३-०७) अकस्मात्, आकाश स्वर्गदूतहरूले भरिए जसले यसो भन्दै परमेश्‍वरले स्तुति गरे, “स्वर्गमा परमेश्‍वरलाई महिमा होस् र पृथ्वीमा उहाँका मानिसहरूलाई शान्ति !”
  • (२५-०६) त्यसपछि शैतानले येशूलाई संसारका सबै राज्य र त्यसका सबै महिमा देखाएर भन्यो, “मलाई दण्डवत् गरी मेरो आराधना गर्नुभयो भने म यी सबै तपाईंलाई दिनेछु ।”
  • (३७-०१) येशूले यो खबर सुनेपछि भन्‍नुभयो, “यस रोगले मृत्युमा पुर्‍याउँदैन, तर यो परमेश्‍वरको महिमाको लागि हो ।”
  • (३७-०८) येशूले जवाफ दिनुभयो, “तिमीहरूले ममा विश्‍वास गर्‍यौ भने तिमीहरूले परमेश्‍वरको महिमा देख्‍नेछौ भनी के मैले तिमीहरूलाई भनिनँ र ?”