ne_tw/bible/kt/forgive.md

1.5 KiB

क्षमा दिनु, क्षमा

परिभाषा:

पीडा दिने वा हानी गर्ने मानिसको विरुद्धमा कुनै किसिमको नराम्रो भावना नराख्‍नुलाई क्षमा दिनु भनिन्छ । कसैलाई क्षमा दिने कामलाई “क्षमा” भनिन्छ ।

  • कुनै व्‍यक्‍तिलाई क्षमा दिनु भन्‍नाले उसले गरेको खराबीको लागि कुनै सजाय नदीनु भन्‍ने अर्थ लाग्छ ।
  • यो शब्दको आलंकारिक अर्थ “रद्द गर्नु” पनि हुन्छ, जस्तैः “कसैको ऋण मिनाहा गर्नु” ।
  • मानिसहरुले आफ्ना पाप स्वीकार गर्दा, येशूको बलिदानपूर्ण क्रूसको मृत्युको आधारमा परमेश्‍वरले तिनीलाई क्षमा दिनुहुन्छ ।
  • जसरी येशूले आफ्ना चेलाहरूलाई क्षमा गर्नुभयो त्यसरी नै उनीहरूले अरूलाई क्षमा गर्नुपर्छ भनेर येशूले सिकाउनु भयो ।