ne_tw/bible/kt/foolish.md

2.1 KiB

मूर्ख, बुद्धिहीन, मूर्खता

परिभाषा:

गलत निर्णय गर्ने र विशेष गरी आज्ञा पालन नगर्ने व्‍यक्‍तिलाई जनाउनको लागि “मूर्ख” शब्दको प्रयोग गरिन्छ । बुद्धिमानी व्यवहार नगर्ने मानिसलाई “बुद्धिहीन” भनिन्छ ।

  • बाइबलमा परमेश्‍वरमा विश्‍वास नगर्ने वा उहाँको आज्ञा पालना नगर्ने मानिसलाई “मूर्ख” भनेर सम्बोधन गरिएको छ । यसलाई परमेश्‍वरमा विश्‍वास गर्ने र उहाँको आज्ञा पालना गर्ने बुद्धिमानी मानिसको विपरीत अर्थ दिने शब्दको रूपमा प्रयोग गर्न सकिन्छ ।
  • बाइबलमा परमेश्‍वरमा विश्‍वास नगर्ने र उहाँले सृष्‍टि गर्नुभएका कुराहरूमा देखिने प्रमाणलाई वास्ता नगर्ने मानिसलाई मूर्ख भनिएको छ ।
  • मूर्ख मानिस कस्तो हुन्छ भनेर हितोपदेशको पुस्तकले बताउँछ ।
  • बुद्धिमानी तरिकाले नगरिएको र परमेश्‍वरको इच्छाको विपरीत हुने कार्यलाई “मूर्खता” भनिन्छ । प्रायजसो कुनै हास्यास्पद र खतरनाक कुरालाई जनाउनको लागि यो शब्दको प्रयोग गरिन्छ ।