ne_tw/bible/kt/flesh.md

1.6 KiB

मासु, देह

परिभाषा:

बाइबलमा “मासु” शब्दको शाब्दिक अर्थ मानिस र जनावरको शरीरमा भएको नरम तन्तु हो ।

  • बाइबलमा सबै मानिस वा सबै जीवित प्राणीलाई जनाउनको लागि यो शव्‍दलाई आलंकारिक रुपले प्रयोग गरिएको छ ।
  • नयाँ करारमा “मासु” शब्द मानिसहरूको पापमय स्वभावलाई जनाउनको लागि प्रयोग गरिएको पाइन्छ । यो अन्‍तिम स्वभावको विपरीत प्रयोग गरिने शब्द हो ।
  • “आफ्नै रगत र मासु” भन्‍ने टुक्‍काले अभिभावक, भाइ बहिनीहरू, छोराछोरी वा नाति नातिनीहरूजस्ता शारीरिक नातालाई जनाउँछ ।
  • “रगत र मासु” भन्‍ने अभिव्‍यक्‍तिलाइ कुनै व्‍यक्‍तिको पुर्खा वा वंशजलाई जनाउनको लागि प्रयोग गरिन्छ ।
  • विवाह बन्धनमा बाँधिएका पुरुष र स्‍त्रीलाई “एउटै शरीर” भनेर भनिन्छ ।