ne_tw/bible/kt/filled.md

1.1 KiB

आत्माले भरिनु

परिभाषा:

परमेश्‍वरको इच्छा पुरा गर्न सक्‍ने बनाउनको लागि कुनै व्‍यक्‍तिलाई पवित्र आत्माले दिने शक्‍तिलाई जनाउनको लागि “आत्माले भरिनु” भन्‍ने शब्दवलीको आलंकारिक प्रयोग गरिन्छ ।

  • “कुनै कुराले भरिनु” भन्‍नाले “नियन्‍त्रित हुनु” भन्‍ने बुझिन्छ ।
  • जब मानिसहरूले पवित्र आत्माको अगुवाइलाई पछ्याउँछन् र परमेश्‍वरले चाहनु भएका कुरा गर्नलाई उहाँमा पूर्ण रुपले भर पर्छन् तब उनीहरू “आत्माले भरिन्छन्” ।