ne_tw/bible/kt/fellowship.md

1.7 KiB

सङ्गती

परिभाषा:

सामान्य अर्थमा “सङ्गती” भन्‍नाले एकै किसिमका रुचि र अनुभव भएका कुनै एक समूहका सदस्यहरूबिच हुने मित्रतापूर्ण अन्तरक्रियालाई जनाउँछ ।

  • बाइबलमा “सङ्गति” शब्दले ख्रीष्‍टमा भएका विश्‍वासीहरूको एकतालाई जनाउँछ ।
  • ख्रीष्‍टियान सङ्गती ख्रीष्‍ट र पवित्र आत्मामा भएको सम्बन्धको कारण उत्पन्‍न हुने विश्‍वासीहरू बिचको साझा सम्बन्ध हो ।
  • आदि ख्रीष्‍टियानहरूले परमेश्‍वरको वचन सुनेर; र सँग-सँगै प्रार्थना गरेर आफ्ना सम्पत्ति र खानेकुराहरू एकापसमा बाँडचुँड गरेर सङ्गतिलाई देखाउँथे ।
  • येशू र उहाँको क्रूसको बलिदानले परमेश्‍वर र मानिसहरू बिचको पर्खाल भत्काइदिएको छ भन्‍ने कुरामा विश्‍वास गरेर ख्रीष्‍टियानहरूले परमेश्‍वरसँग पनि सङ्गती गर्छन् ।