ne_tw/bible/kt/falsegod.md

1.9 KiB

झुटो देवता, पराइ देवता, देवता, देवी

परिभाषा:

एक मात्र साँचो परमेश्‍वरको आराधना गर्नुको साटो मानिसहरूले पूजा गर्ने अर्को कुनै पनि कुरालाई झुटो देवता भनिन्छ । स्‍त्री वाचक झुटो देवतालाई “देवी” भनिन्छ ।

  • यी झुटा देवी देवताहरू अस्तित्वमा छैनन् । याहोवे एक मात्र परमेश्‍वर हुनुहुन्छ ।
  • मानिसहरूले आफ्ना झुटा देवताहरूको प्रतिकको रूपमा मूर्तिहरू बनाउँछन् ।
  • बाइबलमा पनि परमेश्‍वरका जनहरूले उहाँको आज्ञा पालना गर्नुको साटो बारम्बार । झुटा देवताहरूको पूजा गरेको कुरा पाइन्छ ।
  • शैतानले मानिसहरूलाई झुटो देवतामा शक्‍ति हुन्छ भन्‍ने कुरा विश्‍वास गर्न लगाएर तिनीहरूलाई भ्रममा पार्दछ ।
  • बाइबलको समयमा मानिसहरूले पूजा गर्ने गरेका धेरै देवताहरूमध्ये बाल, दागोन र मोलोख तिन देवता हुन् ।
  • अशेरा र आर्तेमिस प्रचीन मानिसहरूले पूजा गर्ने दुई देवी हुन् ।