ne_tw/bible/kt/faithless.md

1002 B

अविश्‍वासी, अविश्‍वास

परिभाषा:

विश्‍वास नभएकोलाई “अविश्‍वासी” भनिन्छ ।

  • यो शब्द परमेश्‍वरमा विश्‍वास नगर्ने मानिसहरूलाई जनाउनको लागि प्रयोग गरिन्छ, जुन कुरा उनीहरूको अनैतिक जीवनबाट प्रकट हुन्छ ।
  • अगमवक्ता यर्मियाले इस्राएलीहरूलाई अविश्‍वासी र परमेश्‍वरप्रति अनाज्ञाकारी भएको दोष लगाए ।
  • उनीहरूले मूर्तिपूजा गरे र परमेश्‍वरको आराधना नगर्ने मानिसहरूका चालहरूमा लागे ।