ne_tw/bible/kt/faithful.md

1.5 KiB

विश्‍वासयोग्य, विश्‍वासयोग्यता

परिभाषा:

निरन्तर रूपमा परमेश्‍वरको शिक्षाअनुसार जिउने कामलाई “विश्‍वासयोग्य” हुनु भनिन्छ । यसले उहाँको आज्ञा पालन गरेर उहाँप्रति इमान्दार हुने कुरालाई बुझाउँछ । विश्‍वासयोग्य हुने अवस्थालाई “विश्‍वासयोग्यता” भनिन्छ ।

  • विश्‍वासयोग्य मानिसले आफूले गरेका प्रतिज्ञाहरू र अरूप्रतिको उत्तरदायित्व पुरा गर्छ । यसैले, उसलाई भरोसा गर्न सकिन्छ ।
  • विश्‍वासयोग्य मानिसले कुनै काम गर्दा धैर्यता अपनाउँछ, त्यो काम जस्तोसुकै लामो र कठिन नै किन नहोस् ।
  • परमेश्‍वरले हामीबाट जे चाहनुहुन्छ त्यो निरन्तर रूपमा गर्नु नै परमेश्‍वरमा विश्‍वासयोग्य हुनु हो ।