ne_tw/bible/kt/eunuch.md

1.5 KiB

नपुंसक

परिभाषा:

बन्ध्याकरण गरेको मानिसलाई “नपुंसक” भनिन्छ । पछि गएर कुनै पनि सरकारी कर्मचारीहरूलाई नपुंसक भनेर सम्बोधन गरिन थालियो ।

  • येशूले नपुंसकहरू त्यसरी नै जन्मेका हुन् भन्‍नुभयो । उनीहरूको अवस्था सायद यौनाङ्गमा खराबी भएर वा यौनसम्बन्धी क्रियाकलाप गर्न नसक्‍ने अवस्थामा पुगेर भएको हुन सक्छ । कसै-कसैले आफैँले नपुंसकजस्तो भएर बस्‍ने जीवन छानेका हुन्छन् ।
  • प्राचीन समयमा नपुंसकहरू राजाका दासहरू हुन्थे र उनीहरूले महिलाहरूको आवासको रक्षा गर्ने

गर्थे (एस्तरको पुस्तकमा जस्तै) ।

  • कुनै-कुनै नपुंसकहरू नयाँ करारमा फिलिपले भेटेको इथियोपियाको नपुंसक जस्तो सरकारी कर्मचारीहरू हुन्थे ।