ne_tw/bible/kt/eternity.md

1.6 KiB

सधैँ रहिरहने, अनन्त, अनन्तता

परिभाषा:

“सधैँ रहिरहने” र “अनन्त” को अर्थ एउटै लाग्छ र यिनीहरूले सधैँ अस्‍तित्‍वमा रहने वा सदाको लागि रहिरहने कुरोलाई उलेल्‍ख गर्छन् ।

  • “अनन्तता” शब्दले आदि र अन्त नभएको शब्दलाई जनाउँछ । यसले कहिल्‍यै अन्त नहुने जीवनलाई पनि जनाउँछ ।
  • पृथ्वीमा जीवन भएको वर्तमान जीवनपछि माानिसहरू अनन्तसम्म परमेश्‍वरसँग स्वर्गमा वा उहाँ विना नरकमा जीवन बिताउँछन् ।
  • नयाँ करारमा “अनन्त जीवन” र “सधैँ रहिरहने जीवन” को प्रयोग परमेश्‍वरसँग स्वर्गमा सधैँ रहने कुरा जनाउनलाई प्रयोग गरिएको छ ।
  • “सदाको लागि” ले कहिले पनि अन्त नहुने समयलाई जनाउँछ । र यसले अनन्त जीवन वा अनन्तता कस्तो हुन्छ भन्‍ने कुराको पनि छन्क दिन्छ ।