ne_tw/bible/kt/disciple.md

1.8 KiB

चेला

परिभाषा:

“चेला” शब्दले शिक्षकको चरित्रबाट र शिक्षाबाट सिक्दै लामो समय बिताउने व्‍यक्‍तिलाई जनाउँछ ।

  • येशूको कुरा सुन्दै र पालना गर्दै येशूलाई पछ्याउने मानिसहरूलाई “चेलाहरू” भनिन्थ्यो ।
  • बप्‍तिस्‍मा दिने यूहन्‍नाका पनि चेलाहरू थिए ।
  • येशूको सेवाकालमा उहाँलाई पच्छ्याउने र उहाँका शिक्षाहरू सुन्‍ने धेरै चेलाहरू थिए ।
  • येशूले बाह्र जना चेलालाई उहाँका एकदमै नजिकका अनुयायीकोरूपमा छान्‍नुभयो र उनीहरूलाई “प्रेरितहरू” भनेर चिनियो ।
  • येशूका बाह्र जना प्रेरितलाई उहाँका “चेलाहरू” वा “बाह्र जना” भनेर चिनिन थालियो ।
  • आफू स्वर्गमा जानु भन्दा अगाडि येशूले आफ्ना चेलाहरूलाई अरूलाई पनि चेला बनाओ भनेर आज्ञा दिनुभयो ।
  • येशूमाथि विश्‍वास गर्ने र उहाँका शिक्षाहरू पालना गर्नेलाई उहाँका चेलाहरू भनिन्छ ।