ne_tw/bible/kt/dayofthelord.md

2.6 KiB

प्रभुको दिन, याहोवेको दिन

परिभाषा:

“याहोवेको दिन” वा “प्रभुको दिन” भन्‍ने वाक्यांशले परमेश्‍वरले विशेष काम (उहाँको शत्रुलाई गर्ने न्याय) लाई जनाउँछ ।

  • कहिलेकहीँ “याहोवेको दिन” ले परमेश्‍वरले आफ्ना मानिसहरूलाई बचाउनको लागि गर्ने हस्तक्षेपलाई जनाउँछ ।
  • अरू बेला यो वाक्यांशले याहोवेले भविष्यमा उहाँका मानिसहरूमाथि गर्ने न्याय वा दण्डको भविष्यवाणीलाई जनाउँछ । कुनै सन्दर्भमा यसले अन्तिम न्यायलाई पनि जनाउँछ ।
  • यो वाक्यांशमा प्रयोग गरिएको शब्द “दिन” ले सायद २४ घण्टा भन्दा बढीको “समय” वा “अवसर” लाई जनाउँछ ।
  • नयाँ करारमा “प्रभुको दिन” ले याहोवेको विरुद्धमा लागेकाहरू र ख्रीष्‍टलाई इन्कार गर्नेहरूको आखिरी न्यायलाई जनाउँछ । “प्रभु” भन्‍ने शब्दले कैयौँ सन्दर्भमा “प्रभु येशू” लाई जनाउँछ । कहिलेकहीँ “प्रभु” शब्दले याहोवे परमेश्‍वरलाई जनाउँछ ।
  • “प्रभुको दिन” ले न्याय र पुनारुत्थानको अन्‍तिम वा भावी समयलाई उल्‍लेख गर्दा यसलाई ‘आखिरी’ दिन पनि भनिन्‍छ । प्रभु येशू पापीहरूको न्याय गर्न आउनु हुँदा यो समयको सुरू हुन्‍छ र यो सम्पूर्ण सृष्‍टिमाथि उहाँको राज्य स्‍थायी रूपमा स्थापित नभएसम्म जारी रहन्छ ।