ne_tw/bible/kt/daughterofzion.md

2.4 KiB

सियोनकी छोरी

परिभाषा:

पदावली “सियोनकी छोरी” इस्राएलका मानिसहरूलाई उल्लेख गर्ने आलङ्कारिक तरिका हो । यसलाई साधारणतया भविष्यवाणीहरूमा प्रयोग गरिएको छ । पुरानो करारमा यरूशलेम सहरको अर्को नामको लागि “सियोन” लाई अक्सर प्रयोग गरिएको छ । इस्राएललाई उल्लेख गर्न “सियोन” र “यरूशलेम” दुवैको प्रयोग गरिएका छन् । शब्द “छोरी” लाडप्यार व स्‍नेहको शब्द हो । आफ्नो जातिको निम्‍ति भएको परमेश्‍वरको धैर्य र वास्ताको लागि यो एउटा अलङ्कार थियो ।

अनुवादका लागि सुझावहरूः “सियोनबाट आएकी मेरी छोरी इस्राएल” लाई “सियोनका मानिसहरू जो मेरा लागि छोरीसरह छन्” वा “हे सियोन, मेरा प्रिय इस्राएल जाति” भनेर पनि अनुवाद गर्न सकिन्छ । “सियोन” शब्दलाई बाइबलमा धेरै पटक प्रयोग गरिएकोले यी अभिव्यक्‍तिहरूमा यसलाई जस्ताको तस्तै राख्‍नु राम्रो हुन्छ । यसको आलङ्कारिक अर्थ र भविष्यवाणीय प्रयोगलाई व्याख्या गर्नका लागि अनुवादमा टिपोटलाई समावेश गर्न सकिन्छ । “छोरी” शब्दलाई सही किसिमले बुझिएसम्म यस अभिव्यक्‍तिको अनुवादमा यसलाई पनि जस्ताको तस्तै राख्‍नु राम्रो हुन्छ ।