ne_tw/bible/kt/curse.md

5.1 KiB

सराप दिनु, श्रापित

परिभाषा:

“सराप दिनु” को अर्थ हुन्छ‒ श्रापित दिइएको व्यक्‍ति वा वस्तुमाथि नकारात्मक कुराहरू आइपरून् भन्‍ने अभिव्यक्‍ति दिनु ।

  • सराप कुनै व्यक्‍ति वा वस्तुमाथि हानि आइपरोस् भन्‍ने एउटा कथन पनि हुन सक्छ ।
  • कसैलाई सराप दिनुको अर्थ उसमाथि खराब कुराहरू आइपरून् भन्‍ने इच्छाको अभिव्यक्‍ति पनि हुन सक्छ
  • यो एउटा व्यक्‍तिमाथि अर्कोले ल्याउने दण्ड वा अन्य नकारात्मक कुराहरू पनि हुन सक्छ ।

अनुवादका लागि सुझावहरूः

  • यसलाई “माथि खराब कुराहरू हुन लगाउनु” वा “लाई खराब कुराहरू आऊन् भनी घोषणा गर्नु” वा “लाई खराब कुराहरू ल्याउन शपथ खानु” भनी अनुवाद गर्न सकिन्छ ।
  • परमेश्‍वरले आफ्ना अनाज्ञाकारी मानिसहरूमाथि सराप पठाउनुभएको सन्दर्भमा यसलाई “खराब कुराहरू ल्याएर दण्ड दिनु” भनी अनुवाद गर्न सकिन्छ ।
  • मानिसहरूलाई व्याख्या गर्न “श्रापित” शब्दको प्रयोग गर्दा यसलाई “(यस व्यक्‍ति) ले धेरै सङ्कष्‍ट भोग्‍नेछ” भनी अनुवाद गर्न सकिन्छ ।
  • वाक्यांश “श्रापित होस्” लाई “(यस व्यक्‍ति) ले ठुला-ठुला कठिनाइहरू भोगोस्” भनी अनुवाद गर्न सकिन्छ ।
  • वाक्यांश “भूमि श्रापित होस्” लाई “जमिन धेरै उर्वरायुक्‍त हुनेछैन” भनी अनुवाद गर्न सकिन्छ ।
  • “म जन्मेको दिन श्रापित होस्” लाई “म यस्तो अभागी छु कि म नजन्मेको भए नै हुन्थ्यो” भनी अनुवाद गर्न सकिन्छ ।
  • तथापि अनुवाद गरिएको भाषामा “श्रापित होस्” भन्‍ने वाक्यांश छ र यसको अर्थ पनि उही नै हो भने यही वाक्यांशलाई राख्‍नु राम्रो हुन्छ ।

बाइबलका सन्दर्भहरूः

  • १ शमूएल १४:२४-२६
  • २ पत्रुस ०२:१२-१४
  • गलाती ०३:१०-१२
  • गलाती ०३:१३-१४
  • उत्पत्ति ०३:१४-१५
  • उत्पत्ति ०३:१७-१९
  • याकूब ०३:९-१०
  • गन्ती २२:५-६
  • भजनसंग्रह १०९:२८-२९

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • (०२-०९) परमेश्‍वरले सर्पलाई भन्‍नुभयो, “तँ श्रापित होस् !”
  • (०२-११) “भूमि श्रापित भएको छ, र तिमीले खानेकुरा उमार्न कडा मेहनत गर्नुपर्ने हुन्छ ।”
  • (०४-०४) “तिमीलाई आशिष् दिनेहरूलाई म आशिष् दिनेछु, र तिमीलाई सराप दिनेहरूलाई म सराप दिनेछु ।”
  • (३९-०७) त्यसपछि पत्रुसले शपथ खाएर भने, “यी मानिसलाई म चिन्छु भने परमेश्‍वरले मलाई श्राप दिनुभएको होस् !”
  • (५०-१६) आदम र हव्वाले परमेश्‍वरको आज्ञा उल्लङ्घन गरी यस संसारमा पाप ल्याएकाले परमेश्‍वरले यसलाई सराप दिनुभयो, र यसलाई नष्‍ट गर्ने निधो गर्नुभयो ।