ne_tw/bible/kt/crucify.md

4.8 KiB

क्रुसमा टाँग्‍नु

परिभाषा:

“क्रुसमा टाँग्‍नु” को अर्थ हुन्छ‒ कसैलाई क्रुसमा झुण्ड्याई बडो दर्द भोगी त्यहीँ मर्न दिएर मृत्युदण्ड दिनु ।

  • व्यक्‍तिलाई कि क्रुसमा काँटी ठोकिन्थ्यो कि बाँधिन्थ्यो । क्रुसमा टाँगिएको व्यक्‍ति रगत प्रवाह वा श्‍वासप्रश्‍वासबाट मर्थ्यो ।
  • डरलाग्दा अपराधीहरू वा सरकारको अधिकारको विरुद्धमा विद्रोह गर्ने मानिसहरूलाई दण्ड दिई मार्न प्राचीन रोमी साम्राज्यले बारम्बार मृत्युदण्डको यस विधिको प्रयोग गर्थ्यो ।
  • येशूलाई क्रुसमा टाँग्‍नका लागि रोमी शासकलाई सिपाहीहरू पठाइदिनुहोस् भनी यहूदी अगुवाहरूले अनुरोध गरे । सिपाहीहरूले येशूलाई क्रुसमा टाँगे । उहाँले त्यहाँ ६ घण्टा दुःख भोग्‍नुभयो र त्यसपछि मर्नुभयो ।

अनुवादका लागि सुझावहरूः

  • “क्रुसमा टाँग्‍नु” लाई “क्रुसमा मार्नु” वा “क्रुसमा झुण्ड्याएर मृत्युदण्ड दिनु” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः क्रुस, रोम, रोमी)

बाइबलका सन्दर्भहरूः

  • प्रेरित ०२:२२-२४
  • गलाती ०२:२०-२१
  • लूका २३:२०-२२
  • लूका २३:३३-३४
  • मत्ती २०:१७-१९
  • मत्ती २७:२३-२४

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • (३९-११) तर यहूदी अगुवाहरू र भिड चिच्‍च्‍याए, “तिन (येशू) लाई क्रुसमा टाँग ।”
  • (३९-१२) भिडले हुलदङ्गा गर्न खोजेकोले पिलातस डराए । त्यसैले, तिनले सिपाहीहरूलाई येशूलाई क्रुसमा टाँग्‍न आदेश दिए ।
  • (४०-०१) सिपाहीहरूले येशूलाई गिल्ला गरेपछि तिनीहरूले उहाँलाई क्रुसमा टाँग्‍न लिएर गए । तिनीहरूले उहाँलाई टाँगिने क्रुस बोक्‍न लगाए ।
  • (४०-०४) येशूलाई दुई डाँकुका बिचमा क्रुसमा टाँगियो ।
  • (४३-०६) “हे इस्राएलका मानिसहरू हो, येशू त्यस्ता मानिस हुनुहुन्थ्यो जसले परमेश्‍वरको शक्‍तिद्वारा शक्‍तिशाली चिन्हहरू र आश्‍चर्यहरू गर्नुभयो जुन तपाईंहरूले देख्‍नुभयो र तपाईंहरू जान्‍नुहुन्थ्यो । तर तपाईंहरूले उहाँलाई क्रुसमा टाँग्‍नुभयो ।”
  • (४३-०९) “तपाईंहरूले यी मानिस अर्थात् येशूलाई क्रुसमा टाँग्‍नुभयो ।”
  • (४४-०८) पत्रुसले तिनीहरूलाई जवाफ दिए, “येशू मसीहको शक्‍तिद्वारा यी मानिसले चङ्गाइ पाएर यिनी तपाईंहरूको सामुन्‍ने खडा छन् । तपाईंहरूले येशूलाई क्रुसमा टाँग्‍नुभयो, तर परमेश्‍वरले उहाँलाई फेरि जीवित पार्नुभयो ।”