4.5 KiB
4.5 KiB
क्रुस
परिभाषा:
बाइबलको समयमा क्रुस जमिनमा ठडाइएको काठको ठाडो खम्बा थियो जसको माथिल्लो भागनेर तेस्रो काठ तेर्साइएको हुन्थ्यो ।
- रोमी साम्राज्यको समयमा रोमी सरकारले अपराधीहरूलाई क्रुसमा टाँगी तिनीहरूलाई त्यहीँ मर्न दिएर मृत्युदण्ड दिने गर्थ्यो ।
- येशूलाई उहाँले गर्दै नगर्नुभएका अपराधहरूको झुटो मुद्दा लगाइयो । त्यसैले, रोमीहरूले उहाँलाई क्रुसमा मृत्युदण्ड दिए ।
- यो क्रियापद “पार गर्नु” भन्दा बिलकुलै फरक शब्द हो जसको अर्थ हुन्छ‒ नदी वा तलाउको अर्कोपट्टि जानु ।
अनुवादका लागि सुझावहरूः
- अनुवाद गरिएको भाषामा क्रुसको आकारलाई जनाउने शब्दद्वारा यसलाई अनुवाद गर्न सकिन्छ ।
- “मृत्युदण्ड दिने खम्बा” वा “मृत्युको रुख” जस्ता पदावलीहरूको प्रयोग गरी मानिसहरूलाई मारिने वस्तुको रूपमा क्रुसलाई विचार गर्नुहोस् ।
- स्थानीय वा राष्ट्रिय बाइबल अनुवादमा यस शब्दलाई कसरी अनुवाद गरिन्छ भनेर पनि ख्याल गर्नुहोस् । (हेर्नुहोस् अज्ञात शब्दहरूलाई कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः क्रुसमा टाँग्नु, रोम, रोमी)
बाइबलका सन्दर्भहरूः
- १ कोरिन्थी ०१:१७
- कलस्सी ०२:१३-१५
- गलाती ०६:११-१३
- यूहन्ना १९:१७-१८
- लूका ०९:२३-२५
- लूका २३:२६
- मत्ती १०:३७-३९
- फिलिप्पी ०२:५-८
बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
- (४०-०१) सिपाहीहरूले येशूलाई गिल्ला गरेपछि तिनीहरूले उहाँलाई क्रुसमा टाँग्न लिएर गए । तिनीहरूले उहाँलाई टाँगिने क्रुस बोक्न लगाए ।
- (४०-०२) सिपाहीहरूले येशूलाई “खप्परे” भनिने ठाउँमा ल्याए, र उहाँलाई क्रुसमा टाँगी उहाँका पाखुरा र पाउमा काँटी ठोके ।
- (४०-०५) यहूदी अगुवाहरू र भिडमा भएका अन्य मानिसहरूले येशूलाई गिल्ला गरे । तिनीहरूले उहाँले भने, “यदि तिमी परमेश्वरका पुत्र हौ भने क्रुसबाट ओर्लेर आऊ र आफैलाई बचाऊ । तब हामी तिमीलाई विश्वास गर्नेछौँ ।”
- (४९-१०) येशू क्रुसमा मर्नुहुँदा उहाँले तपाईंको दण्ड लिनुभयो ।
- (४९-१२) येशू परमेश्वरका पुत्र हुनुहुन्छ; उहाँ तपाईंको सट्टामा क्रुसमा मर्नुभयो र परमेश्वरले उहाँलाई फेरि जीवित पार्नुभयो भनी तपाईंले विश्वास गर्नुपर्छ ।