ne_tw/bible/kt/covenantfaith.md

2.9 KiB

करारको विश्‍वसनीयता, करारको निष्‍ठा

परिभाषा:

परमेश्‍वरले आफ्ना मानिसहरूका निम्ति बाँध्‍नुभएका प्रतिज्ञाहरूलाई पुरा गर्ने उहाँको प्रतिबद्धतालाई व्याख्या गर्न यसको प्रयोग गरिएको छ ।

  • “करारहरू” भनिने औपचारिक सहमतिमा परमेश्‍वरले इस्राएलीहरूसित प्रतिज्ञाहरू बाँध्‍नुभयो ।
  • यहोवेको “करारको विश्‍वसनीयता” वा “करारको निष्‍ठा” ले उहाँले आफ्ना मानिसहरूसित बाँध्‍नुभएका प्रतिज्ञाहरूलाई उहाँले पुरा गर्नुहुन्छ भन्‍ने सत्यतालाई जनाउँछ ।
  • आफ्ना करारका प्रतिज्ञाहरूलाई पुरा गर्ने परमेश्‍वरको विश्‍वसनीयता उहाँका मानिसहरूप्रति उहाँको अनुग्रहको अभिव्यक्‍ति हो ।
  • “निष्‍ठा” अर्को शब्द हो जसले प्रतिज्ञा गरिएको र कसैलाई फाइदा पुग्‍ने कुरो गर्न प्रतिबद्ध हुने कुरोलाई जनाउँछ ।

अनुवादका लागि सुझावहरूः

  • यसलाई कसरी अनुवाद गर्ने भन्‍ने कुरो “करार” र “विश्‍वसनीयता” लाई कसरी अनुवाद गरिएको छ, त्यसमा भर पर्छ ।
  • यसलाई “विश्‍वासयोग्य प्रेम” वा “निष्‍ठावान्, प्रतिबद्ध प्रेम” वा “आश्रित भएर गरिने प्रेम” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः करार, विश्‍वासयोग्य, विश्‍वासयोग्यता, अनुग्रह, अनुग्रही, इस्राएल, इस्राएलीहरू, इस्राएल जाति, परमेश्‍वरका मानिसहरू, मेरा मानिसहरू, प्रतिज्ञा)

बाइबलका सन्दर्भहरूः

  • एज्रा ०३:१०-११
  • गन्ती १४:१७-१९