ne_tw/bible/kt/command.md

1.3 KiB

आज्ञा, आज्ञा दिनु, निर्देश

परिभाषा:

क्रियापद “आज्ञा दिनु” को अर्थ हुन्छ‒ कुनै काम गर्न कसैलाई आदेश दिनु । आज्ञा कुनै काम गर्न व्‍यक्‍तिलाई दिइने आदेश हो ।

  • आधारभूत रूपमा यी शब्दहरूको उही अर्थ भए तापनि “आज्ञा” ले अक्सर परमेश्‍वरका निश्‍चित आदेशहरूलाई जनाउँछ, जुन अझै औपचारिक र स्थायी हुन्छन्, जस्तैः दस आज्ञा ।
  • निर्देश वा आज्ञा सकारात्मक (आफ्ना आमा बाबुको आदर गर) वा नकारात्मक (चोरी नगर) हुन सक्छ ।
  • “आज्ञालाई हातमा लिनु” को अर्थ हुन्छः कुनै व्‍यक्‍ति वा कुनै कुरोलाई “नियन्‍त्रणमा लिनु” वा “जिम्मेवारी हुनु ।”