ne_tw/bible/kt/clean.md

4.1 KiB

शुद्ध पार्नु, शुद्ध

परिभाषा:

क्रियापद “शुद्ध पार्नु” को शाब्दिक अर्थ हुन्छ‒ कुनै धुलो वा दाग नराख्‍नु । बाइबलमा “चोखो,” “पवित्र” वा “पापबाट मुक्‍त” भन्‍ने अर्थमा यसलाई अक्सर आलङ्कारिक रूपमा प्रयोग गरिएको छ ।

  • “शुद्ध” शब्द कुनै कुरोलाई “शुद्ध पार्ने” प्रक्रिया हो । यसलाई “धुनु” वा “चोखो तुल्याउनु” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • पुरानो करारमा कुन-कुन जनावरहरू “शुद्ध” थिए र कुन-कुन जनावरहरू “अशुद्ध” थिए भनी परमेश्‍वरले इस्राएलीहरूलाई बताउनुभयो । खान र बलिदानको लागि केवल शुद्ध जनावरहरूको प्रयोग गर्न अनुमति दिइएको थियो । यस सन्दर्भमा “शुद्ध” शब्दको अर्थ हुन्छ, कि जनावर बलिदानको प्रयोगको लागि परमेश्‍वरमा स्वीकारयोग्य छ ।
  • कुनै छालाको रोग भएको व्यक्‍तिलाई त्यस बेलासम्म अशुद्ध मानिन्थ्यो जुन बेलासम्म उसको रोग नसर्ने गरी चङ्गाइ हुँदैनथ्यो ।
  • व्यक्‍तिलाई फेरि “शुद्ध” भनी घोषणा गर्न छालालाई शुद्ध पार्न निर्देशनहरू दिइएका थिए जसको पालना गरिनुपर्थ्यो ।
  • कहिले काहीँ नैतिक शुद्धतालाई जनाउन “शुद्ध” शब्दलाई आलङ्कारिक रूपमा प्रयोग गरिएको छ ।

अनुवादका लागि सुझावहरूः

  • “शुद्ध” वा “चोखो” (फोहोर नभएको अर्थमा) को लागि प्रयोग गरिने सामान्य शब्दबाट यसको अनुवाद गर्न सकिन्छ ।
  • “विधिपूर्वक शुद्ध” वा “परमेश्‍वरको अगि स्वीकारयोग्य” भनेर पनि यसलाई अनुवाद गर्न सकिन्छ ।
  • “शुद्ध पार्नु” लाई “धुनु” वा “चोखो तुल्याउनु” भनेर अनुवाद गर्न सकिन्छ ।
  • “शुद्ध पार्नु” वा “चोखो तुल्याउनु” को लागि प्रयोग गरिएका शब्दहरूले आलङ्कारिक अर्थ पनि देओस् भन्‍ने कुरामा निश्‍चित हुनुहोस् ।

(हेर्नुहोस्ः पवित्र, पवित्रता, अशुद्ध, बलिदान, भेटी)

बाइबलका सन्दर्भहरूः

  • व्यवस्था १२:१५-१६
  • इजकिएल २४:१३
  • उत्पत्ति ०७:१-३
  • उत्पत्ति ०७:८-१०
  • याकूब ०४:८-१०
  • लूका ०५:१२-१३
  • हितोपदेश २०:२९-३०
  • भजनसंग्रह ५१:७-९