ne_tw/bible/kt/bornagain.md

4.1 KiB

नयाँ गरी जन्मेको, परमेश्‍वरबाट जन्मेको, नयाँ जन्म

परिभाषा:

परमेश्‍वरले आत्मिक रूपमा मरेको व्यक्‍तिलाई आत्मिक रूपमा जीवित तुल्याउन सक्‍नुहुन्छ भन्‍ने कुरो व्याख्या गर्न “नयाँ गरी जन्मेको” पदावलीलाई येशूद्वारा पहिलो पटक प्रयोग गरियो । पदावलीहरू “परमेश्‍वरबाट जन्मेको” र “पवित्र आत्माबाट जन्मेको” ले पनि नयाँ आत्मिक जीवन दिइएको व्यक्‍तिलाई जनाउँछन् ।

  • सबै मानिस आत्मिक रूपमा मृत जन्मन्छन्, र तिनीहरूले येशू ख्रीष्‍टलाई आफ्ना मुक्‍तिदाताको रूपमा ग्रहण गर्दा “नयाँ जन्म” पाउँछन् ।
  • आत्मिक नयाँ जन्मको क्षणमा परमेश्‍वरका पवित्र आत्मा नयाँ विश्‍वासीको जीवनमा बस्‍न सुरु गरी उसको जीवनमा असल आत्मिक फलाउन उसलाई सक्षम पार्नुहुन्छ ।
  • व्यक्‍तिलाई नयाँ गरी जन्माउने र उहाँको सन्तान बनाउने काम परमेश्‍वरको हो ।

अनुवादका लागि सुझावहरूः

  • “नयाँ गरी जन्मनु” लाई “फेरि जन्मनु” वा “आत्मिक रूपमा जन्मनु” भनी अनुवाद गर्न सकिन्छ ।
  • यसलाई शाब्दिक रूपमा अनुवाद गरी अनुवाद गरिएको भाषामा जन्मको लागि प्रयोग गरिने सामान्य शब्दको प्रयोग गर्नु उत्तम हुन्छ ।
  • पदावली “नयाँ जन्म” लाई “आत्मिक जन्म” भनी अनुवाद गर्न सकिन्छ ।
  • पदावली “परमेश्‍वरबाट जन्मेको” लाई “परमेश्‍वरबाट नयाँ जन्मेको बालकझैँ नयाँ जीवन दिइएको” वा “परमेश्‍वरद्वारा दिइएको नयाँ जीवन” भनी अनुवाद गर्न सकिन्छ ।
  • त्यसै गरी, “पवित्र आत्माबाट जन्मेको” लाई “पवित्र आत्माद्वारा दिइएको नयाँ जीवन” वा “परमेश्‍वरको सन्तान बन्‍न पवित्र आत्माबाट सक्षम तुल्याइएको” वा “नयाँ जन्मेको बालकझैँ नयाँ जीवन प्राप्‍त गर्न पवित्र आत्माद्वारा सक्षम तुल्याइएको” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः पवित्र आत्मा, परमेश्‍वरका आत्मा, प्रभुका आत्मा, उद्धार)

बाइबलका सन्दर्भहरूः

  • १ यूहन्‍ना ०३:९-१०
  • १ पत्रुस ०१:३-५
  • १ पत्रुस ०१:२२-२३
  • यूहन्‍ना ०३:७-८