ne_tw/bible/kt/boast.md

4.8 KiB

फाइँफुट्टी लगाउनु

परिभाषा:

“फाइँफुट्टी लगाउनु” को अर्थ हुन्छ‒ कुनै कुरो वा व्यक्‍तिको विषयमा घमन्ड गरेर कुराकानी गर्नु । अक्सर यसको अर्थ हुन्छः आफ्नै बारेमा सेखी गर्नु ।

  • “फाइँफुट्टे” व्यक्‍तिले आफ्नै बारेमा घमन्डी पाराले बोल्छ ।
  • इस्राएलीहरूले तिनीहरूका मूर्तिहरूमा “फाइँफुट्टी” लगाएकाले परमेश्‍वरले तिनीहरूलाई हप्काउनुभयो । तिनीहरूले साँचो परमेश्‍वरलाई पुज्‍नुको साटो घमन्डी बनेर झुटा देवहरूको पूजा गरे ।
  • मानिसहरूले तिनीहरूका धन सम्पत्ति, तिनीहरूका शक्‍ति, तिनीहरूका फल फलाउने जमिन र तिनीहरूका व्यवस्थाजस्ता चिजहरूमा फाइँफुट्टी लगाउँछन् भनेर पनि बाइबलले चर्चा गर्छ । यसको अर्थ हुन्छ, कि तिनीहरू यी थोकहरूबारे घमन्डी थिए र परमेश्‍वरले नै यी कुराहरू जुटाइदिनुभएको थियो भनी तिनीहरूले मानिलिएनन् ।
  • यस्ता थोकहरूमा घमन्ड गर्नुको साटो तिनीहरूले परमेश्‍वरलाई चिनेका थिए भन्‍ने सत्यतामा तिनीहरूले घमन्ड गरून् वा गर्व गरून् भनी उहाँले तिनीहरूलाई अनुरोध गर्नुभयो ।
  • प्रभुमा घमन्ड गर्ने विषयमा प्रेरित पावलले पनि उल्लेख गरेका छन्, जसको अर्थ हुन्छ कि परमेश्‍वरले गर्नुभएका सबै कुराको लागि उहाँप्रति धन्यवादी हुनुपर्छ वा त्यसमा खुसी हुनुपर्छ ।

अनुवादका लागि सुझावहरूः

  • “फाइँफुट्टी लगाउनु” लाई “सेखी गर्नु” वा “घमन्ड गरेर कुराकानी गर्नु” वा “घमन्डी हुनु” भनी अनुवाद गर्न सकिन्छ ।
  • शब्द “फाइँफुट्टे” लाई “घमन्डी कुराकानीले भरिपूर्ण” वा “घमन्डी” वा “आफ्नो बारेमा घमन्डी भएर बोल्ने” भनी अनुवाद गर्न सकिन्छ ।
  • परमेश्‍वरलाई चिनेको बारेमा घमन्ड गर्ने सन्दर्भमा यसलाई “मा गर्व गर्नु” वा “उचाल्नु” वा “बारेमा निकै खुसी हुनु” वा “बारेमा परमेश्‍वरलाई धन्यवाद दिनु” भनी अनुवाद गर्न सकिन्छ ।
  • केही भाषाहरूमा घमन्डको लागि दुईवटा शब्द छन्ः एउटा नकारात्मक कुराको लागि जसमा यसको अर्थ हुन्छ, अहङ्कारी हुनु र अर्को सकारात्मक कुराको लागि जसमा यसको अर्थ हुन्छ, व्यक्‍तिको काम, परिवार वा देशबारे गर्व गर्नु ।

(हेर्नुहोस्ः घमन्डी, घमन्ड)

बाइबलका सन्दर्भहरूः

  • १ राजा २०:११-१२
  • २ तिमोथी ०३:१-४
  • गलाती ०६:११-१३
  • याकूब ०३:१३-१४
  • याकूब ०४:१५-१७
  • भजनसंग्रह ४४:७-८