ne_tw/bible/kt/blood.md

5.7 KiB

रगत

परिभाषा:

“रगत” शब्दले व्यक्‍तिको छालामा चोट लाग्दा वा घाउ हुँदा त्यसबाट आउने रातो तरल पदार्थलाई जनाउँछ । रगतले नै व्यक्‍तिको सारा शरीरमा जीवन दिने पोषणहरू ल्याउने काम गर्छ ।

  • रगत जीवनको प्रतीक हो । यसलाई बगाउँदा वा खन्याउँदा यसले जीवनको क्षति वा मृत्युलाई अङ्कित गर्छ ।
  • मानिसहरूले परमेश्‍वरलाई बलिदान चढाउँदा तिनीहरूले जनावर मार्थे र रगतचाहिँ वेदीमा खन्याउँथे । यसले मानिसका पापको मूल्यको लागि जनावरको जीवनको बलिदानको खाँचोलाई अङ्कित गर्थ्यो ।
  • क्रुसमा येशूको मृत्युद्वारा येशूको रगतले मानिसहरूका पापबाट तिनीहरूलाई साङ्केतिक रूपमा शुद्ध पार्छ र तिनीहरू ती पापको लागि जुन दण्डको भागिदार थिए, त्यसको मूल्य चुकाउँछ ।
  • पदावली “देह र रगत” एउटा टुक्‍का हो, जसले मानवीय प्राणीहरूलाई जनाउँछ ।
  • टुक्‍का “आफ्नै देह र रगत” ले रगतको नाता भएका मानिसहरूलाई जनाउँछ ।

अनुवादका लागि सुझावहरूः

  • यस शब्दलाई अनुवाद गरिएको भाषामा रगतको लागि प्रयोग गरिने शब्दले अनुवाद गर्नुपर्छ ।
  • टुक्‍का “देह र रगत” लाई “मानिसहरू” वा “मानवीय प्राणीहरू” भनी अनुवाद गर्न सकिन्छ ।
  • सन्दर्भमा आधारित रहेर “मेरो आफ्नै देह र रगत” लाई “मेरो आफ्नै परिवार” वा “मेरा आफ्नै आफन्तहरू” वा “मेरा आफ्नै मानिसहरू” भनी अनुवाद गर्न सकिन्छ ।
  • अनुवाद गरिएको भाषामा यस अर्थ भएको टुक्‍काको प्रयोग गरिन्छ भने “देह र रगत” लाई अनुवाद गर्न त्यस टुक्‍काको प्रयोग गर्न सकिन्छ ।

(हेर्नुहोस्ः देह)

बाइबलका सन्दर्भहरूः

  • १ यूहन्‍ना ०१:५-७
  • १ शमूएल १४:३१-३२
  • प्रेरित ०२:२०-२१
  • प्रेरित ०५:२६-२८
  • कलस्सी ०१:१८-२०
  • गलाती ०१:१५-१७
  • उत्पत्ति ०४:१०-१२
  • भजनसंग्रह १६:४
  • भजनसंग्रह १०५:२८-३०

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • (०८-०३) योसेफका दाजुहरू घर फर्कनुअगि तिनीहरूले योसेफको लबेदालाई च्याते, र त्यसलाई बाख्राको रगतमा चोपे ।
  • (१०-०३) परमेश्‍वरले नील नदीलाई रगतमा परिणत गरिदिनुभयो, तरै पनि फारोले अझै इस्राएलीहरूलाई जान दिएनन् ।
  • (११-०५) इस्राएलीहरूका सबै घरका ढोकाहरूको वरिपरि रगत थियो । त्यसैले, परमेश्‍वर ती घरहरू भएर जानुभयो र त्यसभित्र भएको हरेक सुरक्षित रह्‍यो । थुमाको रगतको कारणले तिनीहरू बचाइए ।
  • (१३-०९) बलिदान गरिएको जनावरको रगतले व्यक्‍तिको पाप ढाक्थ्यो, र परमेश्‍वरको दृष्‍टिमा त्यस व्यक्‍तिलाई शुद्ध पार्थ्यो ।
  • (३८-०५) त्यसपछि येशूले कचौरा लिनुभयो र भन्‍नुभयो, “यसलाई पिओ । यो नयाँ करारको मेरो रगत हो जुन पाप-क्षमाको लागि बगाइन्छ ।”
  • (४८-१०) जब कसैले येशूमा विश्‍वास राख्छ, तब येशूको रगतले त्यस व्यक्‍तिको पाप लैजान्छ र परमेश्‍वरको दण्ड उसमाथि पर्दैन ।